अर्थ खबरसमाचारहेडलार्इन

धरानका उपमेयर बेघाको नेतृत्वमा गरिएको बजार अनुगमनमा म्याद गुज्रिएको १५ सय कार्टुन चिजवल नष्ट (भिडियो सहित)

धरान,koshipost.com

धरानका उपमेयर अइन्द्र बिक्रम बेघाको नेतृत्वमा गरिएको बजार अनुगमनमा १५ सय काटुन चिजबल नष्ट गरिएको छ । उत्पादन गरेर पठाएका उद्योगले फिर्ता नलगेपछि म्याद गुज्रिएको ठुलो परिणामको चिजवल सोमबार नष्ट गरिएको हो । धरान उपमहानगरपालिकाका उपमेयर तथा बजार अनुगमन समितिका संयोजक समेत रहेका बेघाको नेतृत्वमा प्रहरी प्रशासन, उद्योग वाणिज्य संघसहितको टोलीले स्थलगत अनुगमन तथा मुचुल्का तयार गरी सोमबार देखि म्याद सकिएका चिजबल नष्ट गर्ने प्रक्रिया अघि बढाइएको छ ।


धरान ९ स्थित बिएस फुड्स एण्ड सप्लायर्सले बिक्रीको लागि ल्याएको चिजवल करिब एक बर्षअघि नै म्याद गुज्रिएको थियो । मकवानपुरको हेटौडास्थित एसजी फुड्सले उत्पादन गरेको उक्त चिजवल म्याद गुज्रिन लागेदेखि नै पहल गरेपनि उत्पादन गरेर पठाउने उद्योगले फिर्ता नलगेको सप्लायर्सका सञ्चालक विकास प्रधानले सम्बन्धित निकायलाई खबर गरेका थिए ।


लामो समयदेखि फिर्ता लैजान पहल गर्दा पनि नलगेको र हाल उद्योग नै बन्द अवस्थामा रहेकोले स्थानीय सरकार, उद्योग वाणिज्य संघलाई जानकारी गराएर नष्ट गर्ने प्रक्रिया अघि बढाएको प्रधानले जानकारी दिए । म्याद गुज्रिएको समान बजारमा बिक्री नभएको र बजारबाट पनि म्याद गुज्रिएपछि समान फिर्ता आएको व्यापारी प्रधानले जानकारी दिए ।


बजार अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले उद्योगले समान फिर्ता नलगेपछि लामो समयदेखि गोदाममा थन्किएको र व्यवसायीले नै जानकारी गराएपछि अनुगमन, मुचुल्का उठाएर नष्ट प्रक्रिया अघि बढाइएको बताए । म्याद गुज्रिएको चिजवललाई धरान ६ पानवारीस्थित फोहोर प्रशोधन केन्द्रमा लगेर नष्ट गरिने सापकोटाले बताए ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button