समाचारस्वास्थ्यहेडलार्इन

दुर्घटनामा युवाको मृत्यु , विश्वकर्मा मन्दिरनजिक दुर्घटन हुँदा दुई जना घाइते

धरान,koshipost.com
सुनसरीको कोशी लोकमार्गमा पर्ने धरान ८ विश्वकर्मा मन्दिर नजिक दुर्घटना हुँर्दा २ जना युवा घाइते भएका छन् । बुधबार विश्वकर्मा मन्दिरनजिक कोशी लोकमार्गमा दुर्घटना हुँदा दुईजना घाइते भएको हो । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्र १–०२–०४८प६८२४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक इटहरी–३ बस्ने २९ वर्षीय विजय तामाङ र पछाडि सवार गर्ने इटहरीकै २९ वर्षीय भुपेन्द्र तामाङ घाइते भएको प्रहरीले जनाएको छ ।


उनीहरुको टाउकोमा चोट लागेर धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । सडकमा खाल्डाखुल्डीका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।


त्यस्तै, बिर्तामोड झापाको झापा गाउँपालिका–३ मा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको मे११प २८२२ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको मे१त ४४१८ नम्बरको ट्याक्टरले पछाडिबाट ठक्कर दिएको थियो । दुर्घटनामा परेर मोटरसाइकल चालक झापा–३ का २० वर्षीय अक्तर अलीको मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका डिएसपी सुमन तिम्सिनाले जानकारी दिए ।


बुधबार दिउँसो दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा राति १० बजेतिर बिर्तामोडको बिएन्डसी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टरको तीब्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button