समाचारस्थानीयहेडलार्इन

धरान कार्यपालिकाको दोस्रो बैठक सौहाद्रपूर्ण ,मेयर उपमेयर र वडाध्यक्षहरु, अभिभावकजस्तो लागेको भन्दै मेयरलाई धन्यवाद वडाअध्यक्षहरु हाँस्दै विदा भए (भिडियो सहित)

धरान,koshipost.com
धरान उपमहानगरपालिका कार्यपालिकाको दोस्रो बैठक सौहाद्रपूर्णरुपमा सम्पन्न भएको छ । यसअघि मेयर र वडाध्यक्षहरुबीचको असमझदारीका कारण बैठकमा बहसदेखि चर्काचक्री सम्म परेको थियो । यसअघिको बैठकअघि मेयर, उपमेयर र वडाध्यक्षबीच छलफल नै नभई बैठक बस्दा त्यस्ता असमझदारी भएको जानकारहरु बताउँछन् ।


बैठकमा मेयर हर्कराज राई (साम्पाङ) ले खोला उत्खनन र दोहनबारे प्रस्ताव ल्याएका थिए । त्यसमा मेयरले धरान उपमहानगरपालिकाले नै खोला उत्खनन गर्ने बताएका थिए भने केही वडाध्यक्षले मापदण्ड पुरयाएर खोला उत्खनन गर्नु पर्नेमा जोड दिएका । केहीले खोला उत्खनन गर्नै नहुने कारण देखाएका थिए । दुवैतर्फको छलफल नभएकोले यसबारेमा चर्काचक्र्रीकोे स्थिति बन्न पुगेको थियो । कार्यपालिकाको बैठक सामजिक सञ्जालमा प्रत्क्षय प्रसारण भएपछि टिकाटिप्पणी समेत भएको थियो ।

कार्यपालिकाको दोस्रो बैठक जेठ २६ गते डाकिएता पनि वडाध्यक्षहरु उपस्थित नभएपछि बंैठक रोकिएको थियो । त्यसपछिको बैठक २९ गतेलाई सारिएको थियो । आइतबारको दोस्रो बैठक निर्णय सार्वजनिक गर्दै सकिएको छ । यसपटक मेयरले ११ वटा प्रस्ताव ल्याएका थिए । सबै प्रस्ताव पारित भएको छ ।

धरानको आर्थिक वर्ष २०७८–७९ को नगरसभा (बर्खे अधिवेशन) असार ८ गते आहवान गर्ने, प्रवक्ता तोक्ने, सार्वजनिक भवन, पार्कहरुको राजश्व संकलनमा ठेक्का प्रक्रियाको सट्टा नगरपालिका स्वयंले संकलन गर्ने, आगामी आर्थिक बर्षको बजेट तथा कार्यक्रम तर्जुमा गर्दा खानेपानी तथा सरसफाइ, पूर्वाधार विकास, पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य, सामाजिक विकास, विपद् व्यवस्थापनलाई पनि बजेट तथा कार्यक्रम तर्जुमा गर्दा प्राथमिकता दिने, विभिन्न न्यायिक तथा अर्ध न्यायिक निकायहरुमा फिराद गर्नुपर्दा र नगर कार्यपालिकाविरुद्ध परेका फिरादहरुको प्रतिरक्षा सम्बन्धी सम्पूर्ण कार्वाही गर्न नगर प्रमुखलाई अधिकार प्रत्योजन गर्ने, चोकको नामकरण सम्बन्धमा वडा नं १५ को वडाअध्यक्षसँग राय परामर्श लिएर गर्ने, निवार्चित भएका वडा सदस्यहरुसहितको परिचयात्मक बैठक असार २ गते उद्योग वाणिज्य संघको हलमा गर्ने निर्णय पारित भएको छ ।


दोस्रो कार्यपालिकाको बैठकमा धरान नगरको प्रवक्तामा वडा नं १७ का वडाअध्यक्ष सुर्यबहादुर भट्टराई (मनोज)लाई मनोनयन गरेको छ । यस पटकको बैठकमा खुशी महसुश गरेको वडाअध्यक्षहरुले भनाई थियो । यसअघिको बैंठक माउबिनाको चल्ला जस्तै भएर सकिएको बैठक दोस्रो पटकको बैंठक सौहाद्रपूर्ण रुपमा सम्पन्न भएको धरान–१३ का वडाध्यक्ष नेत्रप्रसाद काफ्ल बताए । बैठक सकिँदा सबै वडाअध्यक्षहरु र कार्यपालिकाका सदस्यहरु हाँसी खुशी बिदा भएका देखिन्थ्ये ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button