समाचारसमाजहेडलार्इन

एक महिना देखि संचालन हुदै आएको योग शिविरको समापन


भवानी प्रसाद चुडाल ः बराहक्षेत्र
१ महिना देखि संचालन हुदै आएको योग शिविरको समापन भएको छ । सुनसरी जिल्लाको वराहक्षेत्र ५ भरौल को मिलिजुली आधारभूत निमावि स्कूलमा १ महिना अघि शुरु भएको योग शिविरको आज विधिवत रूपमा समापन भएको हो ।
पतञ्जलि योग समिति धरान बाट पाल्नु भएका योग गुरु आचार्य जनक उराउको प्रशिक्षणमा संचालित योग शिविरमा मिलिजुली आधारभूत स्कूलका ५० जना साना साना भाइ बैनीहरुले भाग लिएका थिए । योग शिविरमा योग गरौं स्वस्थ रहौं भन्ने नारा लाई मूलमन्त्र अपनाइएको थियो । शिविरमा भाई बैनीहरुले मत्स्यासन,भुजंगासन, अनुलोमबिलो म,गुराँस आसन ,कपालभाती आदिको प्रशिक्षण लिएका छन् ।


समापन समारोहमा शुरुमा होमादी गरिएको थियो । त्यसपछि पतञ्जलि योग समिति धरान बाट बराक्षेत्र पुगेका पतञ्जलि योग समिति धरानका अध्यक्ष सुमन मान स्थापित ,उपाध्यक्ष लीला संकर,पतञ्जलि योग समितिकी सुनसरी जिल्ला अध्यक्ष सुशीलाउदासी उपाध्यक्ष अशोक बज्राचार्य र अन्य योग समितिका पदाधिकारीहरुलाई सम्मान गरिएको थियो । शिविर समापनमा बोल्दै विद्यालयका प्रधानाध्यापक उदिप् चौधरीले बराहक्षेत्रमा आई साना साना नानीहरूलाई १ महिना सम्म योगको प्रशिक्षण दिएकोमा योग प्रक्षिक आचर्य जनक उरव धन्यवादको पात्र भएको बताए ।


त्यस्तै, योग समिति सुनसरीको जिल्ला अध्यक्ष सुशील उदासीले योगको बारेमा नानीहरूलाई सधैं योग गराए निरोगी हुने र अनुशासित बनाउने बताए । भाई बहिनीहरुले १ महिना सम्म सिकेका ज्ञान लाई घरमा उपयोग गर्नु पर्ने जरुरी भएको उदासीको भनाई छ । धरानका अध्यक्ष सुमन मान स्थापितले एक छाक खाएर भएपनि योग गर्न छोड्न नहुने बताए । मानिसले योग गर्न नछोड स्वास्थ्य रहने उनको तर्क थियो । १ महिना सम्म आफुहरुले सिकेका योगका विभिन्न आशन भाईबिहनीहरुले प्रर्दशन गरेका थिए ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button