समाचारसमाजहेडलार्इन

धरान सेउती बगरमा युवाको लाश भेटियो, हत्या भएको प्रहरीको भनाई


धरान,koshipost.com
सुनसरीको सेउती बगरमा युवाका लाश भेटिएको छ । धरानको वडा नं ५ तल्लोे देउरालीमा एक व्यक्तिको हत्या गरेर फालेको अवस्थामा युवाको लाश भेटिएको हो । ईलाका प्रहरी कार्यालय धरानका अनुसार करिब ३०, ३५ बर्षको देखिने युवाको धारिलो हतियार प्रयोग गरेर हत्या भएको अवस्थामा भेटिएको छ । मृतकको पहिचान भने खुल्न नसकेको प्रहरीले जनाएको छ । उनको शव आज बिहान करिब साढे ५ बजे तल्लो देउराली सुन्दर बस्ती छेउ सेउती खोला बगरमा भेटिएको ईलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरिक्षक (डिएसपी) बुद्ध श्रेष्ठले जानकारी दिए ।


शव भेटिएपछि डिएसपी श्रेष्ठ आफै अनुसन्धानमा पुगेका थिए भने वीपी प्रतिष्ठानको फोरेन्सिक विभागका डाक्टर, प्रहरी प्रदेश कार्यालय धरान डग शाखाबाट बिशेषज्ञ कुकुर समेत घटनास्थलमा पुगेको छ । मृतकको गर्धनको भागमा धारिलो हतियारले काटिएको,टाउको, शरीरको ढाँडमा समेत धारिलो हतियारले काटेको, घोचेर चोट बनाएको भेटिएको प्रहरीले जनाएको छ । मृतकको तस्बिर सार्वजनिक गर्दै धरान प्रहरीले उनको पहिचानमा सहयोग गर्न आग्रह गरेको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button