समाचारस्थानीयहेडलार्इन

धरानमा देखिएका खानेपानी समस्यको समाधान गर्न सर्दु र खर्दुको बिचमा चेक ड्याम निर्माण गरिनेछु नवर्विाचित उपमेयर बेघा (भिडियो सहित)


धरान,koshipost.com

धरानमा देखिएका खानेपानी समस्यको समाधान गर्न सर्दु र खर्दुको बिचमा चेक ड्याम निर्माण गर्ने नवनिर्वाचित उपमेयर आइन्द्र बिक्रम बेघाले बताएका छन् । २०७९ वैशाख ३० गते भएको निर्वाचनबाट निवार्चिति भएर आएका उपमेयर बेघाले धरानको खानेपानी समस्या समाधान गर्न सर्दु र खर्दुको बिचमा चेक ड्याम निर्माण गरेर धरानवासीलाई खानेपानीको समस्यबाट मुक्त गर्ने बताएका हुन् । 

सोमबार धरान उप(महानगरपालिकामा पदभार ग्रहण गदै पहिलो भाषणमा बेघाले यस्तो कुरा बताएको हो । बेघाकाअनुसार करिब १५ करोड बराबरको लागत स्टिमेटको परिकल्पना छ । धरानमा खानेपानी मुख्य समस्या भएकाले संरचनालाई व्यवस्थित गरेर धरानवासीलाई खानेपानी उपलब्ध गराउने बेघाले प्रतिबद्ध समेत जनाए । धरानेवासीको सेवा सुविधाका लागि पार्टी, व्यक्ति नभनी काम गर्ने उपमेयर बेघाको भनाई छ ।

पदभार लगतै उपमेयरले स्वार्गीय तारा सुब्बाको सालिकमा माल्यार्पण

पदभार ग्रहण गरे लगत्तै उपमेयर बेघाले धरान (१३ स्थित बिपि पार्कमा रहेको बिपि कोइरालाको शालिकमा माल्यार्पण गरेका छन् । महामानव बिपि कोइरालाले देखाएको बाटोमा हिड्नुपर्ने बेघाले बताए । त्यस, लगत्तै हरियाली सामुदायिक वनमा रहेको धरानका स्वार्गीय पुर्ब मेयर तारा सुब्बाको शालिकमा माल्यार्पण गरेका छन् । स्वार्गीय तारा सुब्बाले देखाएको बाटोमा हिड्ने बताउदै उप(मेयर बेघाले धराने जनतालाई धोका नदिने प्रतिबद्धता ब्यक्त गरे । त्यस्तै, धरान(३ स्थित जसपा को पार्टी कार्यालयमा रहेको स्वर्गीय ध्यान बहादुर राई पूर्व मेयरको शालिकमा माल्यार्पण गरेका थिए । आधुनिक धरान निर्माणको खाका कोर्ने स्वार्गीय ध्यान बहादुर राईले देखाएको बाटोमा हिड्ने उप(मेयर बेघाको भनाई छ । उपमेयर बेघा संगै गठबन्धनका तर्फबाट मेयरका प्रत्यासी रहेका नेपाली कांग्रेसका नेता किशोर राईले समेत बिपि कोइराला र तारा सुब्बाको शालिक र ध्यान बहादुर राईको तस्विरमा माल्यार्पण गरेका थिए ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button