राजनीतिसमाचारहेडलार्इन

धरानमा बैशाख २४ गते एमालेको अध्यक्ष केपी शर्मा ओली आउदै (भिडियो सहित)


धरान,koshipost.com

धरानमा बैशाख २४ गते एमालेको अध्यक्ष केपी शर्मा ओली आउने भएको छ । बैशाख ३० गतेको स्थानीय तह निर्वाचनलाई लक्षित गरेर नेकपा एमालेले धरानमा पार्टीको अध्यक्ष ओलीलाई २४ गते चुनावी सभामा ल्याउने भएको हो । धरानको भानुचोकमा हुने उक्त सभालाई सम्बोधन गर्न पार्टीका अध्यक्ष ओली आउने भएका छन् ।

एमालेको निर्वाचन परिचालन कमिटीले बुधबार पत्रकार सम्मेलन गरी २४ गते धरानको चुनावी सभालाई सम्बोधन गर्न पाटीका अध्यक्ष ओली आउने जानकारी दिएको छ । निर्वाचन परिचालन मुल कमिटीका संयोजक मुरारी सुवेदीले १२ बजे भेला हुने र १ बजेसम्म पार्टी अध्यक्ष केपी शर्मा ओली उपस्थित भएर सम्बोधन गर्ने जानकारी दिए । उक्त सभा अन्तिम चुनावी आमसभा हुने भन्दै सुवेदीले सबैभन्दा ठुलो र व्यवस्थित सभा हुने समेत दाबी गरेका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै नेता सुवेदीले विगतको ५ बर्षमा धरानमा एमालेबाट निवार्चित जनप्रतिनिधिहरुले समृद्ध धरान बनाउन पार्टीको शिर उठ्ने गरी, मतदाताको सम्मान हुने गरी र जनताको न्याय हुने गरी काम गरेको दाबी गरे । निर्वाचनको प्रतिवद्धता अनुसार ८० प्रतिशत काम सम्पन्न भएपनि उपनिर्वाचनमा एमाले नेतृत्व गुम्दा अढाई बर्ष धरानले गति लिन नसकेको पनि उनले बताए । निर्वाचन प्रचारप्रसार कमिटीका सहसंयोजक सहसंयोजक भिम राई ज्वालाले एमाले कम्युनिष्ट पार्टी सञ्चारमैत्री भएको बताए ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button