समाचारसमाजहेडलार्इन

धरानमा निःशुल्क आँखा चेकजाँच शिविर संचालन हुदै


धरान,koshipost.ocm
सुनसरीको धरानमा वैशाख ७ गते निःशुल्क आँखा चेकजाँच शिविर संचालन हुने भएको छ । धरानमा रहेको अपाङ्ग पुनःस्थापना तथा असाहय सेवा केन्द्र नेपालको आयोजनामा निःशुल्क आँखा चेकजाँच शिविर संचानल हुने भएको हो । वैशाख ७ गते बुधबार बिहान ९ बजे देखि दिउसो २ बजे सम्म शिविर संचालन हुने आयोजक संस्थाले जनाएको छ ।


सेवा केन्द्र नेपालले महिनामा एक पटक र ढिलोमा प्रत्येक ३ महिनामा अपाङ दिनदुखी,एकल महिला,बृद्धा बृद्ध , दिर्घारोगी आर्थिक विपन्न असाहयलाई सहयोग पुगोस् भन्ने उद्देश्यले निःशुल्क आँखा शिविर संचालन गदै आएको संस्थाका कार्यकारी निर्देशक सुनिल खड्काले कोशीपोष्ट डटकमको कुराकानीमा बताए । निःशुल्क आँखा शिविरमा आँखा तथा चश्माको जाँच गरिने निर्देशक खड्काले जानकारी दिए ।


‘हाम्रो संस्थाको आयोजनामा हामीले यो निःशुल्क आँखा शिविर राखेका हौं । मानिसको सबैभन्दा महत्वपूर्ण अंग आँखा भएकले आर्थिक विपन्न तथा बृद्धा बृद्धहरुलाई राहत मिलोस् भन्ने उद्देश्यले हामीले सकेको बेला महिनामा नत्र भने प्रत्येक ३ । ३ महिनामा निःशुल्क आँखा शिविर संचालन गदै आएका छौं । शिविरमा आँखा चेकजाँच मात्र होइन अप्रेशन गर्नु पर्ने बिरामी आएमा विराटनगरमा रहेको नेत्र ज्योती आँखा अस्पतालमा अप्रेशन पनि निःशुल्क गर्ने व्यवस्था मिलाएकाछौं’ । खड्काले भने


यस भन्दा अघि पनि यस संस्थाको आयोजनामा निःशुल्क आँखा शिविर संचालन गरिएको थियो । सो आँखा शिविरमा १ सय १२ जनाले निःशुल्क आँखा चेकजाँच गराएका थिए भने १२ जनाले निःशुल्क आँखा अप्रेशन गराएका थिए ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button