राजनीतिसमाचारहेडलार्इन

गठबन्धन ऐक्षिकविषयहुनुपर्छ अनिवार्य होइनःकेन्द्रीय सदस्यविश्वकर्मा ,अवसरमा समानता हुनुपर्छः क्षेत्रीय सभापतितामाङ


धरान,koshipost.com
संघीय सांसद समेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्यतथापूर्व मन्त्री मीनबहादुर विश्वकर्माले चुनावमा गठबन्धन गर्ने नगर्ने विषय अनिवार्य नभएर ऐक्षिक हुनुपर्ने बताएका छन् । उनले स्थानीयतहको निर्वाचनमा गठबन्धन हुने संकेत गर्दै आवश्यकताका आधारमा चुनावी गठबन्धन हुने बताए । क्षेत्रीय समितिमा मनोनित भएका कोषाध्यक्ष र सदस्यह?लाई नेपालीकांग्रेस सुनसरी क्षेत्र नं. १ का क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा प्रमाण–पत्रवितरण गरिएको कार्यक्रममा संवोधनगर्दै नेता विश्वकर्माले यस्तो बताएको हो ।


कार्यक्रममा प्रदेश १ का सांसद चन्द्रप्रसाद श्रेष्ठले यो र त्यो गुट नभनि सबैलाई समेटेर साथीह?लाई समितिमा मनोनित गरेको भन्दै क्षेत्रीय सभापति सुजेन्द्र तामाङलाई धन्यवादव्यक्त गरे । उनले सबै मिलेर र जुटेर मात्र चुनाव जित्न सकिन्छ भन्दै अब पार्टी अधिवेशनको तिक्ततालाई भुलेर संगठन निर्माणमा जुट्नुपर्ने बताए ।


क्षेत्रीय सभापति सुजेन्द्र तामाङले नेपाली कांग्रेसको विधान र नियमावलीको अधिनमा रहीकार्य समितिको बैठकवाट समेत सर्वसम्मत गराई कोषाध्यक्ष र सदस्यह? मनोनित गरिएको बताए । उनले उम्मेदवार छनौट तथा टिकट वितरण गर्नु भनेको कार्यकर्ताहरु कालागि महत्वपूर्ण अवसर भएकाले एउटैले पटकपटक टिकट र अवसर पाउंदा पार्टीमा त्याग र योगदानगर्नेह?मा चरम निराशा छाउने भन्दै न्यायोचितमूल्यांकन गरी समानअवसर प्रदानगरिनुपर्नेबताए । क्षेत्र नं. १ को महासमिति सदस्य र प्रदेश सम्मेलन सदस्यह? सर्वसम्मतचयन गरेर एकताको सन्देश दिर्र्ईएको समेत बताए ।


जिल्ला उपसभापति नगेशचन्द्र राईले १ नं. क्षेत्रले सर्वमान्य र पारदर्शी ढंगले समितिलाई पूर्णतादिएको बताउंदै उच्चप्रशंसा गरे ।जिल्ला सचिवमाधव घिसिङले आगामी चुनावमा उम्मेदवार चयनगर्दा विशेष ध्यानदिनुपर्ने बताए ।नगर प्रमुख तथा महासमिति सदस्यतिलक रार्ईले मनोनितहुन सफलभएका साथीहरुले पदीय गरिमा कायम राख्नुपर्ने बताए । प्रदेश सभा निर्वाचन क्षेत्र १(१) का सभापति अनिल श्रेष्ठले यस क्षेत्रमा वाहिरका नेताहरुले अनावश्यक हस्तक्षेप र चलखेल गर्ने गरेको आरोप लगाए । नगर सभापति श्याम पोखरेलले मनोनित भएका सबैलाई बधाई दिंदै सबैले सकृय हुने वेलाआएको बताए ।


क्षेत्रीय सचिवद्धय महेन्द्र प्रधान र केशव पुरीवाट सञ्चालितउक्तकार्यक्रममामहासमिति सदस्यद्धय सुवास राई र ममता तामाङ, महाधिवेशन प्रतिनिधि चन्द्रशेखर लामा, प्रदेशसभा निर्वाचन क्षेत्र १(२) का सभापति मुरारी भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button