खेलकुदसमाचारहेडलार्इन

आगमी चैत्र १५ देखि धरानमा मेघा रेवाहाङ मेमोरियल बास्केटबल हुने

धरान,koshipost.com


आगमी चैत्र १५ गते देखि धरानमा मेघा रेवाहाङ मेमोरियल बास्केटबल हने भएको छ । मेघा रेवाहाङ मेमोरियल अन्तरविद्यालय बास्केटबल प्रतियोगिता चैत १५ देखि संचलान हुने भएको हो । आयोजकले आइतबार पत्रकार सम्मेलन गर्दै चैत १५ देखि १९ गतेसम्म प्रतियोगिता संचलान गरिने जानकारी दिएको छ । प्रतियोगितामा धरानका करिब १२ टिमको सहभागीता रहने मेघा कलेजका अध्यक्ष कैलास लिम्बूले जानकारी दिए ।


प्रतियोगितामा एउटा विद्यालयका २ टिम सहभागी बन्न पाउने छन् । जसमा कक्षा १० का विद्यार्थी अनिवार्य सहभागी गराउनुपर्ने प्रावधान राखिएको छ । डिपो स्कुलमा पढेका रेवाहाङ राईको परिवारले अक्षयकोष जम्मा गरेपछि प्रतियोगिता यसै वर्षबाट सुरुवात गर्न लागिएको हो । उनको असामयिक निधन भएपश्चात् बुबा रेवतीरमण र आमा सुजता राईले अक्षयकोष निर्माण गरी बास्केटबल प्रतियोगिताको शुरुवात गरेका हुन् । अक्षय कोषको ब्याजबाट आउने रकममा धरान मेघा कलेजले समेत लगानी थपेर प्रतियोगिता सम्पन्न गर्न लागेको बताईएको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button