समाचारसमाजहेडलार्इन

बलत्कारको पोल खुल्ने डरले यी व्यक्तिले लेटाङकी १२ वर्षीया बालिकालाई बलात्कार पछि हत्या गरेको प्रहरीद्धारा सार्वजनिक

मोरङ,koshipost.com
बलात्कारको पोल खुल्ने डरले बलत्कार गरेर १२ वर्षीया बालिकाको हत्या गरेको प्रहरीले सावजनिक गरेको छ । गएको बुधबार स्कुलबाट घर फर्किदै गर्दा वेपत्ता भएकी १२ वर्षीया बालिकाको बलात्कार पछि हत्या गर्नेलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङले पत्रकार सम्मेलन गर्दे बालिकाको हत्यामा संलग्न रहेका लेटाङ ८ का ६४ बर्षीय दिपक गिरीलाई सार्वजनिक गरेको हो । मोरङ प्रहरी प्रमुख एवं एसपी जर्नादन जिसीका अनुसार पक्राउ परेका गिरीले बुधबार साढे ४ बजे विद्यालयबाट घर फर्कदै गर्दा मृतक बालिकालाई पछ्याउदै गएका थिए ।


जंगल बीचमा पुगेपछि उनले बालिकालाई फकाएर भित्री बाटोबाट जादा छोटो पर्छ भनेर अर्को बाटोतर्फ लगेको र केही पर पुगेपछि बालिकालाई शारीरिक सम्पर्कको प्रस्ताव गरेका थिए । बालिकाले अस्वीकार गरेपछि समातेर जर्बजस्ती भुईमा लडाएर जर्बजस्ती करणी गरेको र उक्त कुरा बुबालाई भनिदिन्छु भन्दै दौडिएपछि पोल खुल्ने डरले हत्या गरेको एसपी जिसीले जानकारी दिए ।


प्रहरीका अनुसार गिरीले पोल खुल्ने डरले बालिकालाई जमिनमा लडाएर घाँटी र मुख थिचेर हत्या गरेका थिए । त्यसपछि नजिकै रहेको खोल्सीमा शवलाई घोप्टो पारेर ढुंंगाले छोपेका थिए । साथै, बालिकाको सबै कपडा र जुत्तासमेत आफैले बोकेर ल्याएर घर पछाडि खोल्सीमा जलाएर नष्ट गरेको पनि अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बालिका हत्यामा संलग्न गिरीलाई मुलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद ५ को दफा ४१ वमोजिम जन्मकैदको व्यवस्था अनुसार कानुनी कारबाही प्रक्रिया अघि बढाइएकोछ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button