समाचारसमाजहेडलार्इन

अपाङ्ग पुर्नस्थापन तथा असहाय सेवा केन्द्र नेपालद्धारा तिर्थ मायालाई नगद सहयोग (भिडियो सहित)


पानबारी,koshipost.com
अपाङ्ग पुर्नस्थापन तथा असहाय सेवा केन्द्र नेपालले तिर्थ माया विकलाई नगद सहयोग गरेको छ । धरान उपमहानगरपालिका वार्ड नं. ६ पानबारी लिम्बु चौरीकी विपन्न ४४ वर्षीया तिर्थ माया बिकलाई नोपलले नगद ५ हजार सहयोग गरेको हो । उनी पेट दुखेर जचाउन वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जादा एपेन्डिसाइटिस भएको डाक्टरले बताए । त्यसैबेला विकलाई कोरोना पोजेटिभ देखिएपछि एपेन्डिसाइटिसको अप्रेशन रोकिएको थियो ।


केही समयपछि उनको पेटमा भएको एपेन्डिसाइटिस फुटेर थप समस्य थपिएको पिडित बिकले कोशीपोष्ट डटकम संगको कुराकानीमा सुनाईन् ।‘ मेरो घरको आर्थिक अवस्था कम्जोर छ श्रीमन लेबर काम गनर््ु हुन्छ । नानीहरु सानै छन् धेरै पेट दुखेर जचाँउन अस्पताल गएकी थिए एपेन्डिसाइटिस भएको डाक्टरले भने , फेरि त्यही बेला कोरोना पोजेटिभ पनि देखायो त्यो बेला अप्रेशन गर्न मिलेन कोरोना निको भएपछि अप्रेशन गर्नु भने डाक्टरले केही दिन पछि सारो पेट दुख्यो फेरि जचाउन गए,त्यसबेला एपेन्डिसाइटिस फुटेको डाक्टरले बताए । त्यसदिन देखि पेटमा पाईप लगाएर फोहोर निकाली रहेको छ । भित्रै घाऊ पाकेको रहेछ अहिले पाइपाबाट पिप बाहिर निकाली रहेको छ । छिट्टै अप्रेशन गर्नु पर्ने पैसा छैन कही कसैले ऋण सापटी दिदैन्’ तिर्थ मायाले दुखेसो पोख्दै भनिन् ।


केही सहयोग हुन्छ कि भनेर वडा सदस्य गोमा खनाललाई तिर्थ मायाले समस्य बताईन् । तिर्थ माया आफ्नै वार्डको भएकाले वडासदस्य खनालले उनको वास्तविकता बुझेर आर्थिक अवस्था कम्जोरी देखेपछि अपाङ्ग पुर्नस्थापन तथा असहाय सेवा केन्द्र नेपाललाई विकको अवस्था बारे जानकारी गराईन् । वडासदस्यले सिफारिस गरेपछि फागुन ९ गते नेपालको टिम पानबारी पुगेर बिकको अवस्थ हेरी तत्काल ५ हजार नगद सहयोग गरी अप्रेशन गर्दा लाग्ने खर्चमा १० हजार सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । वडा सदस्यको पहलमा सहयोगी संस्थाले तत्काल औषधी खाने नगद ५ हजार र अप्रेशन गर्दा १० हजार सहयोग गर्ने भनेपछि हर्षित हुदै दुःख बाडे आधा भनेको यही रहेछ तिर्थ मायाले भनिन् । अपाङ्ग पुर्नस्थापन तथा असहाय सेवा केन्द्र नेपालले जस्तै अन्य अरु संस्थाले पनि सहयोग गरीदिन तिर्थ मायाले अनुरोध गरेकी छिन् ।


जनप्रतिनिधि भएकाले सामजिक कामले ब्यास्त हुँदा सबैको गुनासो सुन्न नपाएका वडासदस्य खनालले बताइन् । हामीबाट धेरै सहयोगको अपेक्षा गरेर वडावासीहरुले फोन गर्छन् ,भेट्न हामीले सबैको कुरा सुन्नु पर्छ । हामीले सबैलाई व्यत्तिगत सहयोग गरेर साध्य हुदैन । चिनेजानेको संघ संस्थालाई सहयोगका लागि अनुरोध गर्ने हो । त्यसै क्रममा मैले तिर्थ माया विकको समस्य बारे अपाङ्ग पुर्नस्थापन तथा असहाय सेवा केन्द्र नेपाललाई जानकारी गराए उहाँहरुको टिम नै आएर बिरामीको अवस्ता बारे बुझ्नु भयो । ४ हजार तत्काल दिने र अप्रेशनमा ५ हजारको औषधी खरिद गरी दिने कुरा भएको थियो । बिरामीको अवस्था हेरेपछि ५ हजार नगद र अप्रेशन गर्दा औषधीका लागि १० हजार दिने प्रतिबद्धाता जनाउनु भएको छ ।’ वडासदस्य खनालले कोशीपोष्ट डटकम संगको कुराकानीमा बताईन् । तिर्थ मायाको आर्थिक अवस्था कम्जोर भएकाले अन्य संघ संस्थालाई पनि सहयोगका लागि पहल गर्ने वडासदस्य खनाले थपिन् ।


तिर्थ मायाको समस्य बुझ्न पानबारी पुगेका अपाङ्ग पुर्नस्थापन तथा असहाय सेवा केन्द्र नेपाल धरानका सल्लाकार सदस्य अशोक कुमार अग्रवालले बिरामीको अवस्था देखेपछि ४ हजार दिने भनिएकोमा १ हजार थपेर ५ दिएको बताए । ‘यहाँ आएर बिरामीको अवस्था हेदा दयानिय देखियो त्यसैले ४ हजार दिने भनिएकोमा १ थपिएका हौं, र अप्रेशन हुँदा ५ हजारको औषधी दिने भनेका थियौं बिरामीको आर्थिक अवस्था देखेपछि उहाँलाई हामीले १० हजार दिने निर्णय गरेका छौं ।’ अग्रवालले भने


दिनदुखी,अपाङ्ग,असहाय र बिरामीहरु ठुलो सहयोगको अपेक्षा लिएर अपाङ्ग पुर्नस्थापन तथा असहाय सेवा केन्द्रमा आउने गरेको संस्थाका कार्यकारी निर्देशक सुनिल खड्काले बताए । ‘दिनहुँ जस्तो बिरामीहरु आउछन् सबैलाई सहयोग गर्नु पर्छ त्यसैले आउने बिरामीहरुले अपेक्षा गरे जस्तो सहयोग चाहि हुदैन , संस्थाको नियामअनुसार सबैलाई सहयोग गरीरहेका छौं ।’ कार्यकारी खड्काले भने

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button