राजनीतिसमाचारहेडलार्इन

धरान ८ श्री टोलमा कांग्रेसको संगठन विस्तार


धरान,koshipost.com
नेपाली कांग्रेसले धरानको वडा नं. ८ स्थित श्रीटोलमा संगठन विस्तार गरेको छ । टोल समिति गठनका संयोजक राम तामाङको अध्यक्षता तथा क्षेत्रीय सभापति सुजेन्द्र तामाङको प्रमुख आतिथ्यम ाभएको भेलाले टोल समिति गठन गरेको हो ।


क्षेत्रीय सभापति तामाङले भेलालाई संवोधनगर्दै फाराम भरेकाभूमिहीन र अव्यवस्थितबसोवास गर्ने सबैले जग्गापाउने सुनिश्चततागर्न माग गरे । उनले पार्टी संगठनलाई मजबुद र गतिशीलबनाउन वडावडामा संगठन सशक्तिकरण र सुदृढिकरण अभियान सञ्चालनभईरहेको रयथाशक्य प्रशिक्षणको कार्यक्रमपनिगरिने बताउंदै टोल समिति र वडा समितिलाई राजनीतिकएवम् सामाजिककार्यह? जनमुखि ढंगले गर्न आग्रह गरे ।


विशेष अतिथिएवम् नगर प्रमुखतिलक राईले भूमिहीन र अव्यवस्थितबसोबास गर्नेह?लाई भूमिउपलब्ध गराउनफाराम भरी लगत संकलनगर्ने कार्य सम्पन्नभएको बताए । उनले टोल समिति गठनले पार्टी नेतृत्वलाई थपउर्जा प्राप्तभएको बताउंदै सबैले असल काम गर्नु पर्नेमा जोड दिए ।


धरान ८ को श्रीटोलमाभएको भेलाले सरिताविश्वकर्मा (तामाङ) को सभापतित्वमा ३७ सदस्यीय टोल समिति गठन गरेको हो । समितिको उपसभापतिमा खुमकुमारी लिम्वु, सचिवमा रेनुका राई, कोषाध्यक्षमा गौरा विष्ट र सदस्यहरु मातिर्सना रोक्का, देवी राजधामी, विष्णुमाया कटवाल, राजकुमारी थापा, रामकुमार प्रधान, दिलिपदत्त, नमिता राई, चन्द्रबहादुर दर्जी, जय नारायण शर्मा, राते विश्वकर्मा, मनका दाहाल पराजुली, उमाकार्की, पृथ्वी राजधामी, सुकमाया राई, दिलमाया परियार, उर्मिलाश्रेष्ठ, पवित्रादाहाल, गौरामायाकार्की, हिमकुमारी लिम्वु, भुवनगहतराज, कृष्ण परियार, पन्नालाल विश्वकर्मा, सुर्य विश्वकर्मा, ओमबहादुर विश्वकर्मा, लक्ष्मी राई, बन्दना मगर, इन्दिरा बस्नेत, रन्जित मगर, सुनिता विश्वकर्मा, लोकेन्द्र खतिवडा, मनु शाह र मिना मगर लगायतको उपस्थिति रहेको थियो ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button