समाचारसमाजहेडलार्इन

परिवर्तन म बाट समूहद्धारा भूपाललाई तौल मेसिन हस्तान्तरण

धरान/नमिता राई
भानुचोकमा बस्ने भूपाल राईले मानिस तौल गर्ने नयाँ मेसिन पाएका छन् । परिवर्तन म बाट भन्ने नाटक समूहले राईलाई नयाँ मेसिन हस्तान्तरण गरेको हो । प्यारालासिसले थलिएका राई केही वर्ष यता धरानको भानुचोकमा अरुले दिएको मेसिन राखेर जिविकोपार्जनका लागि बस्दै आएका थिए ।

उनी उदयपुर जिल्लाको गाईगाटबाट विगत ५० वर्ष अघि धरान छिरेका थिए । उनको बाल्यकाल धरानमै बित्यो । यतै बसे काम गरे दिनदिनै उमेर बढ्दै गयो जवानीमा अरुले जस्तै उनले पनि विवाह गरे । भूपालको २ जना छोराछोरी पनि भयो । उनले सोचेका थिए छोरोछोरी बढेपछि आफ्नो बुढेकालको साहरा बन्लान भनेर तर उनको सपना सपनामै सिमित भयो ।


‘भाग्यमा दुख लेखेको रहेछ के गर्नु, बिहान उठ्छु चिया पिउँछु अनि मेसिन बोकेर भानुचोक आउँछु । बेसाहरा बनेपछि पहिला मागेर खान्थे, मैले मागेर खाएको देखेर नारायण चौकका भाईबहिनीहरुले मागेर खानु भन्दा आफैं दुई पैसा कमाएर खानु भन्दै मलाई तौल नाप्ने मेसिन किनेर दिनु भयो । त्यही मेसिनको साहराले दिनमा केही कमाई हुन्छ त्यहीबाट आएको पैसाले बिहान बेलुका चुलो बाल्छु’ भन्ने दुखेसो कोशीपोष्ट डटकममा समाचार प्रकाशन भएपछि सो समाचार पढेर परिवर्तन म बाट नाटक लेखिका संजिता धमलाको समूहले भूपाललाई सहयोगका लागि नयाँ मेसिन हस्तान्तरण गरेका हन् । बिहान बेलुका चुलो बाल्न अहिले भूपाल धरानको भानुचोकमा मानिसको तौल नाप्ने मेसिन लिएर बस्छन् । उमेरले नेटो काट्दै गएका भूपाल सडक पेटीमा आवतजावत गर्ने मानिसले तौल नाप्लान र १० रुपैया पाउँला भनेर आशामा हुन्छन् ।

प्यारालाईसिसले थला परेका भूपाल अहिले एक्लै छन् । उनको छोरोछोरी विवाह गरेर कता कता गए उनलाई केही पत्तो छैन । छोरोछोरीले त छाडेर गयो संगै बाँच्ने संगै मर्ने कसम खाएका जीवनसंगीनीले समेत उनलाई विगत १६ वर्ष अघि नै छाडेर गइन् ।
‘दिनमा कहिले दुई सय हुन्छ कहिले तीन सय सम्म पनि हुन्छ कहिलेकाही हुँदैन पनि कमाई भएको दिन माछा मासु खान्छु । कमाई नभएको दिन थुक्पाले छाक टार्छु , सधै कमाई हुने भए खाना नै पकाएर खान्थे,सडकमा हिड्ने मान्छेमा भर पर्छ कमाई त्यसैले कहिलेकाही पैसा नै हुदैन, तनावमा हुन्छ त्यसबेला थुक्पाको सट्टा २० रुपैयाको जाँड पो खाईदिन्छु’ फिस्स हाँस्दै भूपालले कोशीपोष्ट डटकम संगको कुराकानीमा अघिल्लो पटक सुनाएका थिए । त्यसबेला उनले आफ्नो मेसिन पुरानो भएर सही तौल नदेखाउदा आफ्नो वजन नाप्न आउने उनको ग्राहकहरुले पैसा दिन गाह्रो मान्ने गरेको समेत उनले कुराकानीमा भनेका थिए । ‘कोशीपोष्टमा प्रकाशित समाचार देख्दा भूपाललाई सहयोग गर्नु पर्छ भन्ने लाग्यो हामीले समूहमा छलफल ग¥यौं त्यसपछि मेसिन दिएर सहयोग गर्ने सल्लाह भयो सोही बमोजिम आज उहाँलाई हाम्रो समूहले तौल नाप्ने मेसिन उपलब्ध गराएका हौं ।’ नाटक लेखिका धमलाले बताइन् ।


नयाँ मेसिर पाएपछि भूपालले खुशी हुदै नाटक समूहलाई धन्यवाद दिए । ‘आज म खुशी छु तपाईहरु जस्तै नारायणचोकका भाईबहिनीहरुले पहिला मेसिन दिएर सहयोग गर्नु भएको थियो । मेसिन पुरानो भएर सही तौल नदेखाउदा मलाई मान्छेहरुले पैसा दिन मादैन थिए , आज देखि नयाँ मेसिन पाए अब तौल गर्न आउने मान्छेहरुले केही नभनी १० रुपैया दिन्छन् होला , सबैलाई खुशी र सुखी जीवन बिताउने रहर हुन्छ भाग्य र परिस्तिीले सोचे जस्तो जीवन नहुँदो रहेछ ।’ मेसिन समाउदै उनले भने


प्यारालाइसिसले आधा शीरर नचलेपनि जिविकोपार्जनका लागि बैशाखीको साहरामा भानुचोकमा तौल मेसिन राखेर बस्ने भूपाललाई सुखी नेपाली समृद्ध नेपाल भन्ने नाराले छोएको छैन । यस्ता अशक्त बेशाहरा भूपाल जस्ता अन्य भूपालहरुको समस्य जनताको अभिभावक राज्यले बुझ्न आवश्यक छ ।

https://d20d7zm7r6lgl8.cloudfront.net/?p=26121&fbclid=IwAR3bqjLuRCjwps4ZwGlcEUsScLgwyZmT1lKdYQcXm-YoY_XiJ0yeT0xoh
Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button