समाचारस्वास्थ्यहेडलार्इन

धरानको जंगलमा पुरुषको टाउको र दाहिने खुट्टा फेला पर्यो,घटना स्थलमा पुगे प्रहरी

धरान,koshipost.com
सुनसरीको धरानबाट धनकुटा जाने जंगलमा पुरुषको टाउको र दाहिने खुट्टा फेला परेको छ । बुधवार साँझ धरान–४ स्थित ९ किलोमिटर भन्ने स्थान(भेडेटार जाने बाटा) मा १ जना पुरुषको टाउको र खुट्टा बिकम पोजिसन (कुँहिन थालेको) अवस्थामा फेला परेको हो ।


जेब्रा झोलामा पोको पारेको फालेको अवस्थामा पुरुषको दाहिने खुट्टा र टाउको भाग अवस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी संजय सिंह थापाले जानकारी दिए । उनले भने‘ यो शव एक हप्ता जति पुरानो देखिन्छ । शरीरका अन्य भाग जंगली जनावरहरुले खाए भन्ने अवस्था पनि छैन् किनकी झोलाको भाग खुलेको पनि छ्रैन् यो योजनावद्ध ढगंले रिसिबी साध्न हत्या गरिएको हुनुपर्छ । ’


अनुसन्धानमा माहिर मानिने संघिय एकाई प्रहरी कार्यालय धरानका एसपी भीम दाहालका अनुसार हाल यो शव टाउको भने चिनिने अवस्थामा छैन तर, टाउको फेला परेको छ त्यसलाई हामी सफा गछौ त्यसपछि मात्र शवको पहिचान खुल्छ । ‘यो घटनालाई सरसरी हेर्दा पुरुषको हत्या पछि बाच्नु सक्छ भन्ने उदेश्यका साथ मृतकको खुट्टा र टाउकोमा धारिलो बस्तु प्रहार गरिएको छ त्यसैले फेला परेको शवको भाग केही टुक्रिएको हो ।’ एसपी दाहालले भने


रोडदेखि करिब ४७ फिट मुनी जेब्राभित्र भेटिएको खुट्टा र टाउकोले प्रहरीले घटना स्थान मुचुल्का गरी शव विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको शव गृह (मर्चरी ) पोष्टम्यार्टम गर्न पठाएको प्रहरीले जनाएको छ । बुधबार साँझ ५ बजे सिस्नु टिप्नु जाँदा सिनु गन्हाए पछि सो घटनाबारे शव भेटियो भनेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।


टाउकोको प्रकृति हेर्दा ३५ वर्षको पुरुषजस्तो देखिएको प्रहरीले बताएको छ । शरीर र अन्य भागको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ । कसैले हत्या गरेर फालेको हुनसक्ने प्रहरीको अनुमान छ । एसपी थापा, एसपी दाहाल र धरानका डिएसपी नरेन्द्र कुँवर सहितको टोली घटना स्थल अनुगमनमा पुगेको थियो ।

संघिय इकाई प्रहरी कार्यालय धरान केनाइन शाखाको लैला ट्याकर डग ‘लैला’ कुकुरको पनि प्रयोग गरिएको छ । घाम पानीले घटना स्थल नष्ट भएकाले कुनै प्रमाण कुकुरले फेला पार्न नसकेको प्रहरीको भनाई छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button