राजनीतिसमाचारहेडलार्इन

धरानमा पनि एमसीसी विरुद्ध प्रर्दशन


धरान,koshipost.com  

धरानमा पनि एमसीसी विरुद्ध विरोध प्रर्दशन भएको छ । नागरिक स्तर र राजनीतिक दलहरु एमसीसीविरुद्ध सडकमा प्रर्दशन गर्दै उत्रिएका हुन् । सामाजिक अभियन्ता हर्क साम्पाङको नेतृत्वमा बुधबार दिउँसो धरानमा एमसीसीविरुद्ध प्रर्दशन भएको हो । उनीहरुले नगर परिक्रमा गर्दै भानुचोकमा विरोध सभामा परिणात भएको गरेको थियो । विरोध सभामा विभिन्न व्यक्तिहरुले राष्ट्रघाती भएकोले एमसीसी फिर्ता हुनुपर्ने बताए ।


विराधकारीले ¥याली कोणसभाको क्रममा एमसीसीविरुद्ध नारासमेत लगाएका थिए । एमसीसीको माध्यमबाट अमेरिकी उपनिवेश नेपालमा भित्रिन लागेको भन्दै वक्ताहरुले विरोध जनाए । देशको माटो, स्वाधिनता र राष्ट्रिय स्वाभिमानलाई बचाउन एमसीसी खारेजको माग गर्दै विरोध जनाएको अभियनता साम्पाङले बताए । उनले सिंहदरबार, संसद भवनमा रहेका सांसदहरुले एमसीसीको विरोधमा जनताको आवाज सुन्नुपर्ने पनि बताए ।

एमसीसीको विरोधमा सत्तारुढ राजनीतिक दलहरु पनि सडकमा उत्रिएका थिए । राजधानीमा सत्तारुढ दल नेकपा एस, माओवादी केन्द्रले सडकमा प्रर्दशन गरिरहदा धरानमा पनि आज प्रर्दशन भएको छ । सत्तारुढ माओवादी केन्द्रले धरानमा दिउँसो १२ बजे विरोध प्रर्दशन गरेको थियो भने दिउँसो ४ बजे देखि छाताचोकबाट एमसीसीको विरोधमा प्रर्दशन गरेका थिए । सत्तारुढ दल जनता समाजवादी पार्टीका अध्यक्ष ताजुब लिम्बुले जानकारी दिए ।


सरकारले आज एमसीसी संसदमा टेवल गर्ने प्रयास गरे पनि माओवादी केन्द्रले गबन्धनभित्र वा राष्ट्रिय सहमति नभै जर्बजस्ती गरे सरकार छोड्ने निर्णय गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले रोकेका हुन् ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button