समाचारस्वास्थ्यहेडलार्इन

ईलाममा धान पिस्ने क्रममा मिलको रिङमा हात बेरिएर ८२ वर्षीया बृद्धाको हात गुम्यो

ईलाम,koshipost.com
ईलामा धान पिस्ने क्रममा मिलको रिङमा हात बेरिएर ८२ वर्षीया बृद्धाको हात गुमेको छ । फाकफोकथुम गाउँपालिका थिङ्केपुर वार्ड नं. १ इलामकी ८२ वर्षीया बसुन्धरा निरौलाको धानको भुष उठाउने क्रममा बायाँ हात गुमेको हो । गएको बिहिबार दिउसो मिलमा धान पिसाई भूष उठाउने क्रममा निरौलाको हात गुमेको उनको छोरा प्रेम बहादुर निरौलाले जानकारी दिए ।


घाइते बृद्धाको बी.एण्ड सी अस्पताल बिर्तामोडमा उपचार भईरहेको छ । बिहिबार घटना भएपछि शुक्रबार घाईते निरौलाको अप्रेशन भएको उनको छोरा प्रेमले बताए । ‘बिहिबार गाउँकै मिलमा आमा धान पिसाउन जानु भएको थियो । कुटानि पिसानी सकेर भूष उठाउने क्रममा हात मिलको रिङमा बेरिएर चुडिएको रहेछ , हात जोड्न नमिल्ने भयो डाक्टरहरुले हात नजोडिने भनेपछि शुक्रबार अप्रेशन भएको छ । हाम्रो आर्थिक अवस्था न्यून छ । आमा घाईते भएपछि बी.एण्ड सी अस्पतालमा ल्याएर उपचार गराईरहेका छौं । अप्रेशन गर्न ६ पिन्ट रगत लाग्यो केही ब्लड डोनेशन भयो भने धेरै जसो किनेका छौं । हिजो दिउसो शुक्रबार देखि थालेको अप्रेशन साँझ ७ बजे मात्र सकियो,अहिले आमा आईसियुमा हुनुहुन्छ ।’ छोरा प्रेमले कोशीपोष्ट डटकम संगको कुराकानीमा भने ।


मिलमा धानको भुस उठाउने शिलसिलामा मिलको रिङमा हात बेरिएर हातको कुम सम्म चुडाएको र सो हातलाई जोड्न नसकिने डाक्टरले भनेपछि सामजिक सञ्जालमा फोटो र सुचना पोष्ट गरिएको थियो । सो सुचना सामजिक सञ्जालमा भेटेपछि ईटहरीका रितेस जंग खत्रीले ५ हजार ५ सय ५५ रुपैया घाइते निरौलालाई आर्थिक सहयोग गर्ने सामजिक् सञ्जालमा पोष्ट गरेका छन् । ‘८२ वर्षीया बसन्धरा निरौलाको घर र मेरो पुख्खौली घर ईलाममा नजिकै हो घाइतेको घर देखि मेरो घर २० मिनेटको दुरीमा पर्छ । उहाँको दुखद घटना भएको मैले थाहा पाए उहाँलाई समस्य परेको देखेर कुनै पनि काम आफुबाट थालनी गर्नुपर्छ भन्ने सोचका साथ मैले बिरामीका लागि ५५५५ सहयोग गर्ने प्रतिबद्धता जनाएका हुँ । हिजो राती उहाँको छोरा प्रेम निरौला संग टेलिफोनमा कुरा भयो , आज शनिबार म काम विशेषले धनकुटाको भेडेटार आएको छु । भोली आईतबार बैंक खुल्न साथ खातामा रकम जम्मा गरी दिन्छु , मोबाईल बैकिङबाट पनि सहयोग रकम जम्मा गर्न सकिन्थ्यो तर पारदर्शी होस् भनेर मैले बैंकमा नै जम्मा गर्न लागेका हुँ ।’ खत्रीलले थपे


घाइते निरौलाका लागि खत्रीले आफुले चिनेजानेको साथीभाईहरुलाई पनि सहयोग गर्न अनुरोध गरेको बताए । ‘घाइते आमाको उपचारमा सहयोग पुगोस् भनेर मैले सकेको सानो आर्थिक सहयोग गरेकोछु , सबैले आ–आफ्नो ठाउँबाट आफ्नो हैसियतले भ्याएसम्म आर्थिक सहयोग गरिदिनु होला । म देश तथा विदेशमा रहनु भएका सम्पूर्ण मनकारी मनहरुलाई आग्रह गर्न चाहान्छु’ खत्रीले आफ्नो फेसबुक वालमा लेखेका छन् । ‘पीडितको घाउमा सानो मलमपट्टि लगाइदिनु होस् दान गर्ने हातहरुलाई भगवानले सधैं कल्याण गरुन्’ उनले फेसबुकमा भनेका छन् ।


घाइते निरौलाको उपचारका लागि आर्थिक संकलन हुदा पारदर्शीता होस भनेर खत्रीले घाइतेकी छोराकोे नेपाल बैंकमा रहेको खाता नम्बर समेत राखी दिएका छन् । प्रेम बहादुर निरौलाको खाता नम्बर ०४००१०००८३५८९३०००००१ नेपाल बैंक प्रेम बहादुर निरौलाको मोबाईल नम्बर ९८२५९५७८२७ त्यस्तै, सहयोगी खत्रीको नम्बर ९८०८५५१२४७ रहेको छ । घाइतेकी छोराको अनुसार बसुन्धराको बाँया हात पुरै काम नलाग्ने भएको बताईएको छ । ‘हिजो अप्रेशन पछि आमालाई भेट्न पाइएको छैन खर्च निकै भईसक्यो बिल कतैको तिरिएको छैन अहिले सम्म १ लाख १४ हजार पैसा जम्मा गरेका छौं । १४ हजार हामी संग घरमा थियो । १ लाख मिलवालाले सहयोग गरेका छन् । अस्पतालमा धेरै नै बिल उठेको छ हामी आर्थिकमा कम्जोरी नै छौ पहाडको ठाउँमा के हुन्छर दशा लागेर बुढेसकालमा आमाको हात गुम्यो, हिजो अप्रेशन पछि डाक्टरले आमालाई भेट्न दिएका छैनन्,आज शनिबार भेट्न दिने कुरा भएको छ ’ प्रेमले सुनाए ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button