Uncategorizedसमाचारसमाजहेडलार्इन

पूर्व श्रीमतीद्धारा पिडित भए भन्दै थापा मिडियामा

धरान, koshipost.com


पूर्व श्रीमतीद्धारा पिडित थापा मिडियामा आएको छ । सम्बन्ध विछेच्द भएको श्रीमतीले पिडा दिएको भन्दै भोजराज थापा मिडियामा आएको हो । नेपाल पत्रकार महासंघ सुनसरीको कार्यालयमा सोमबार पत्रकार सम्मेलन गरी थापाले सम्पतिका लागि आफुलाई श्रीमतीले बलत्कारको आरोप लगाई थुनामा पठाएको बताए । सम्बन्ध विछेच्द भएर अलग्गै बसेका पूर्व श्रमितीले जबरजस्ती करणीको आरोप लगाई थुनामा पठाएको पत्रकार सम्मेलनमा थापाले जानकारी दिए ।


‘गत कर्तिक ९ गते म छोराको जन्म दर्ता लिन गएको थिए । त्यसबेला मेरो पूर्व श्रीमतीले मलाई लुट्ने योजना बनाएको रहेछ म घर बाहिर गएर छोरालाई अभिशेक अभिशेक भनी बोलाए एक्कासी पूर्व श्रीमतीले माथिबाट को हो भन्दै भनिन् ,मलाई देखेपछि उनले मलाई ए माथि नै आउनु न भनिन् म लुटिन्छु भनेर शंका पनि गरेको थिइन् म माथि चढे भित्रै बोलाईयो म बाहिर नै बस्छु भने उनीहरुले योजना बनाएका्े रहेछ । मलाई भित्र लगी मैले हातमा लगाएको साढे ३ तोलाको ब्रास्लेट, आईफोन जबरजस्ती खोसाई उल्टै मलाई करणीको मुद्दामा फसाई थुनामा पठायो, म ३ महिना थुना बसेर अहिले निस्केको छु ’ थापाले पत्रकार सम्मेलनमा भने ।


सुनसरी जिल्ला अदालतले गत मंसिर ७ गते उनलाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको थियो । जिल्ला अदालतको यो आदेशविरुद्ध उनी उच्च अदालत विराटनगर गएका थिए । उच्च अदालतले थापाले जर्बजस्ती करणी गरेको विश्वास गर्न सकिने मनासिव आधार नदेखिएको ठहर गर्दै जिल्ला अदालतले थुनामा राख्न दिएको आदेश माघ २० गते वदर गरिदिएको थियो । उच्च अदालतले जिल्लाको आदेश वदर गरेपछि उनी थुनामुक्त भएर धरानमा आई पत्रकार सम्मेलन गरी पूर्व श्रीमतीद्धारा पिडित भएको बताए ।


अदालत र अधिकार प्राप्त अधिकारी समक्ष आरोपित कसुरमा इन्कार भई वयान गरेको र जाहेरी दस्तखतमा जर्बजस्ती करणी गर्ने उद्योग गरेको भन्ने उल्लेख गरेको उच्च अदालतको आदेशमा उल्लेख गरिएको छ । थापाको श्रीमतीले बलत्कार गर्यो भनेको समय घटनास्थलमा पुगेका मुरारी सुवेदी र अम्बर बहादुर तामाङलाई जाहेरवाला (पीडित भनिएकी)ले आफुलाई जर्बजस्ती करणी गरेको भन्ने उल्लेख नगरेको भनेर उनीहरुले गरेको कागजलाई उच्च अदालतले आधार मानेको आदेशमा उल्लेख छ ।


पूर्व श्रीमतीले बलत्कार गरेको आरोप लगाएको बेला थापा उल्टै आफु लुटिएको पत्रकार सम्मेलनमा सुनाए । आफु लुटिएको महशुस भएपछि गुहार गुहार भन्दै चिच्याउदा छिमेकी अमर तामाङ र मुरारी सुवेदी आएर छुट्याएको थापाको भनाई छ ।

घटनामा प्रत्यक्ष सामेल भएको ती दुवैले सही, सत्य वयान दिएकाले आफु उच्च अदालतबाट छुटेको पत्रकार सम्मेलनमा थापाले सुनाए । आफुबाट लुटिएको समान फिर्ताको लागि प्रहरीलई पटक पटक जानकारी गराई जाहेरी दिदा समेत प्रहरीले कुनै सुनुवाई नगरेको भन्दै थापाले सम्मेलनमा गुनासो पोखे ।

पत्रकार हुँ भन्दै पूर्व श्रीमतीको काकाले सम्पतिको बार्गेनिङ गरेको समेत थापाको आरोप छ । आफु जेलमा हुदा समेत घर खेत नदिए जेलमा नै कुहाई दिने धम्की दिदै मानसिक तनाव दिएको थापाले बताए ।


Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button