Uncategorizedधर्म संस्कृतिसमाचारहेडलार्इन

मुख्यमन्त्री राईले धरानमा आएर भने मेरो ४० वर्षे राजनीतिक सकिएपनि पहिचानको पक्षमा उभिनेछु (भिडियो सहित )


धरान,koshipost.com

१ नम्बर प्रदेशका मुख्यमन्त्री राजेन्द्र कुमार राईले धरानमा आएर आफ्नो ४० वर्षको राजनीतिक सकिएपनि पहिचानको पक्षमा उभिने बताएका छन् । धरानमा किरात राई यायोक्खा जिल्ला कार्य समिति सुनसरीको ९ औं जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले यस्तो बताएका ह्न् । राजनीतिक जीवन सकिएपनि अग्लो भएर पहिचानकै पक्षमा उभिनेछु, भन्दै ठूला दलकै कारण पहिचानबाट प्रदेश १ को नाम राख्न गाह्रो भएको उनले उद्घाटन कार्यक्रममा बताए ।


प्रदेश १ को नामको बारेमा अडिग रहँदै र पहिचानको पक्षमा दृढतापूर्वक उभिने मुख्यमन्त्री राईको धारणा थियो । ‘साढे तीन दशकभन्दा पनि अगाडि अर्थात् झन्डै ४० वर्ष आफूले राजनीतिमा बिताएको छु, पाटी जीवन समाप्त हुन्छ भनेपनि म चाहिँ पहिचानको पक्षमा उभिनेछु’, उनले थपे, ‘त्यसमा पहिचानविरोधीले पहिचानको नाममा १ नम्बर प्रदेश किराँत नाम पास हुन दिएन भनेपनि तपाईहरुले देख्नेगरी, सवा तीन करोडले थाहा पाउनेगरी पहिचानको पक्षमा अग्लोरुपमा मलाई उभिएको देख्नुहुनेछ ।’ आफ्नै नेताहरु पनि पहिचानको विपक्षमा रहेको उनको भनाइ थियो । तर उनीहरुले भनेर आफू नमान्ने उनले बताए । पुरानो महाधिवेशनले पास गरेको घोषणापत्र, प्रतिवेदन साथै चुनावी घोषणापत्रमा पनि पहिचानकै कुरा लेखिएको बताउँदै उनले यो न्याय र यो भूमिको आवाज र जनताको माग भएको धारणा राखे ।


ठूला दलकै कारण प्रदेश १ मा पहिचानबाट नाम राख्न नसकिएको मृख्यमन्त्री राईले बताए । सरकारले निर्णय गरेर नाम तोक्न नमिल्ने पनि उनले बताए । ‘सरकारले निर्णय गरेर नाम तोक्न मिल्दैन’, उनले भने, ‘संसदको दुई तिहाइले पास गर्नुपर्छ, दुःखद् कुरा के छ भने पहिचानको पक्षमा अहिले नै दुईतिहाइ पुरयाउन गाह्रो छ, खासगरी पहिचानको पक्षमा नरहेका पाटीहरु नै पहिलो पाटी छ, त्यसले समस्या भएको हो ।’ उनले एमाले र कांग्रेस जस्ता ठूला दलले नै पहिचानको विपक्षमा रहेको आरोप समेत लगाए । ‘कांग्रेस पहिचानको पक्षमा छैन तरपनि कांग्रेसलाई पहिचानविरोधी भनी नहालौं’, उनले भनाइ थियो, ‘तर पनि ठूलो दल भनेको एमाले विपक्षमै छ ।’


प्रदेश १ मा ९२ सासंदमध्ये ४१ जना एमाले र २१ जना कांग्रेसका रहेको बताए । ‘साँच्चै भन्ने हो भने दुईतिहाइ दुवै दलको सांसदले दुई तिहाइ पुग्छ’, मुख्यमन्त्री राईले भने ।, ‘त्यसैले हुँदै हुँदैन नभनौं तर मिहिनेत गर्नुपर्नेछ र यसको लागि म सक्दो प्रयास गर्छु, गठबन्धनको नाता जोडेर कांग्रेस साथै एमालेसँग कुरा गरेर मनाउने कोसिस गछौं ।’


कार्यक्रमका केन्द्रीय सचिव दोर्पध्वज राईले पहिचानबाटै प्रदेश १ को नाम राखिनुपर्ने धारणा राखे । कार्यक्रममा कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव सञ्जीव राई, नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई, समाजसेवी धुर्पीमाया राई, सम्मान गरिएको छ । कार्यक्रमका केन्द्रीय सचिव दोर्पध्वज, जिल्ला अध्यक्ष बलराम राईलगायतले उनीहरुलाई सम्मान गरेका थिए ।


सचिव राजेन्द्र राईले दुईदिनसम्म चल्ने अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने जानकारी दिए । भोलिसम्ममा किरात राई यायोक्खा जिल्ला कार्य समितिले नयाँ नेतृत्व पाउने सचिव राईले जानकारी दिए ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button