समाचारसमाजहेडलार्इन

मोटरसाईकलले ठक्कर दिदा २ वर्षीया बालिकाको मृत्यु

ईनरुवा,koshipost.com


मोटरसाईकलले ठक्कर दिदा २ वर्षीया बालिकाको मृत्यु भएको छ । सुनसरीको कोशी गाऊँपालिका(२ लौकहीमा मोटरसाईकलले ठक्कर दिंदा २ बर्षीया बालिकाको मृत्यु भएको हो । सोमबार बिहान पौने १२ बजे लौकही भित्री सडक खण्डमा उत्तर बाट दक्षीण तर्फ आउदै गरेको को २ ह ६१६३ नम्बरको अटोले सोही दिशा तर्फ जादै गरेको को ४ प ३४५२ नम्बरको मोटरसाईकललाई पछाडीबाट ठक्कर दिदा मोटरसाईकल अनियन्त्रीत भई दुर्घटना भएको थियो ।


अनियन्त्रीत भएको मोटरसाईकलले सडक नजिकै बसिरहेकी जहदा गाउँपालिका (७ की १६ वर्षीया बर्षा साह र उनिसंगै रहेकी २ वर्षीया बालिका दिक्षा साहलाई ठक्कर दिंदा दुबै जना घाईते भएका थिए । घाईते दुबै जनालाई उपचारको लागी जिल्ला अस्पताल ईनरुवा लगिएकोमा उपचारको क्रममा बालिकाको मृत्यु भएको हो । अर्का घाईतेलाई थप उपचारको लागी बिराटनगर पठाईएको छ । घटना बारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button