समाचारस्वास्थ्यहेडलार्इन

सुनसरीमा बसको ठक्करले दुईजनाको मृत्यु ,बस तोडफोड


धरान,koshipos.com

सुनसरीमा बसको ठक्करले दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कोशी गाउँपालिका(८ का वर्ष २० को अल्ताप मियाँ र वर्ष २२ को गियासुदिन मियाँ छन् । कोशी गाउँपालिका(८ पानीट्याङकी मोडस्थित पूर्व–पश्चिम लोकमार्गमा सो दुर्घटना भएको हो । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र१–०१–००१ख ३५३० नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको प्र२–०१–००१प७६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक अल्ताप र गियासुदिन गम्भीर घाइते बनेका थिए ।


घाइतेलाई न्यूरो अस्पताल विराटनगर पठाइएको र उपचारको क्रममा दुवैजनाको मृत्यु भएको १ नम्बर ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । स्थानीयबासीले आक्रोश पोख्दै बस तोडफोड गर्नुका साथै सडक अवरुद्ध समेत गरेका थिए । उनीहरुले भण्टाबारीमा कार्यरत् प्रहरी जवान सुरैत यादवलाई समेत हातपात गरेका थिए । बसका चालक झापा कन्काई नपा (२ बस्ने वर्ष ५५ को पुष्प अधिकारी प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button