राजनीतिसमाचारहेडलार्इन

प्रदेश १ मा नयाँ मुख्यमन्त्री राईले आज शपथ लिदै

विराटनगर,koshipost.com


प्रदेश १ मा नयाँ मुख्यमन्त्री राजेन्द्र राईले आज २ बजे सपथ लिने भएको छ । गठबन्धन दलको तर्फबाट नेकपा (एकीकृत समाजवादी) पाटीका संसदीय दलका नेता राजेन्द्र राई मुख्य मन्त्री वन्ने भएको हो । गठवन्धन दलका तर्फबाट मुख्यमन्त्रीका लागि राइले ५० जना संसदको हस्ताक्षर सहित दावी पेस गरेपछि उनी मुख्य मन्त्री हुने निश्चित भएको छ ।

गठवन्धन दलहरुले राईको नेतृत्वमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख सोमनाथ अधिकारी समक्ष सोमवार दाबी पेस गरेका थिए । हिजो सोमबार प्रदेश प्रमुख सोमनाथ अधिकारी समक्ष सांसद्हरूले राईको नेतृत्वमा नयाँ सरकार गठनका लागि दाबी पेस गरेको पत्र बुझाएका हुन् । प्रदेश प्रमुख अधिकारीले पत्र बुझ्दै आज मंगलबार २ बजेका लागि शपथ ग्रहणको समय समेत तय गरिसकेका बताएका छन् ।

सोमबार एमालेका सांसद् भीम आचार्यले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि प्रदेश १ का प्रमुख अधिकारीले सोमबार नै नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका थिए । ९२ सदस्यीय प्रदेशसभामा एकल बहुमत रहेको एमालेका ५१ सदस्यमध्ये १० जना प्रदेश सांसद एकीकृत समाजवादीमा गएपछि एमाले ४१ जनामा खुम्चिएको छ । नेकपा (एस) लाई कांग्रेससहित पाच गठवन्धन दलहरुको ५० सांसद्को समर्थन रहेको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button