Uncategorizedसमाचारसमाजहेडलार्इन

डिभोर्स भई अलग्गै बस्दै आएकी श्रीमतीलाई बलात्कार गरेको आरोपमा एक जना पुरुष पक्राउ


धरान,koshipost.com

डिभोर्स भई अलग्गै बस्दै आएकी श्रीमतीलाई बलात्कार गरेको आरोपमा १ जना पुरुष पक्राउ परेका छन् । सुनसरीको धरानमा डिभोर्स भएर अलग्गै बस्दै आएकी श्रीमतीलाई बलात्कार गरेको आरोपमा धरान १५ का भोजराज थापा पक्राउ परेको हो ।


धरान–१५ का भोजराज थापालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी उपरिक्षक (डिएसपी) नरेन्द्र कुँवरले जानकारी दिए । पीडितकी छोराछोरीले घटनाबारे साविती बयान दिएपछि उनलाई पक्राउ गरिएको उनले जानकारी दिए । थापा माथि इलाका प्रहरी कार्यालयमा उजुरी समेत परेको छ ।


गत बिहीबार बिहान ६ बजे ५२ वर्षीय ती पुरुषले छोराछोरी अर्को कोठामा सुतिरहेको बेला जर्बजस्ती गरेको र उनी चिच्याएपछि घटना बाहिरिएको थियो । धरान–१५ मा काठ व्यवसाय गर्दै आएका उनले ससुरालीमा बसेर घर, सम्पत्ति तथा फर्निचर हाउस आफ्नो नाममा पारेको समेत पीडितले थापालाई आरोप लगाएकी छिन् ।


प्रहरीले पीडित महिलाको स्वास्थ्य परीक्षण समेत गरेको जनाएको छ । बलात्कार गरेको जाहेरी परेपछि उनलाई पक्राउ गरी ७ दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ । ‘अहिले पनि हामी अनुसन्धानकै चरणमा छौं’, डिएसपी कुँवरले भने, ‘७ दिनको म्याद थपेर थप अनुसन्धान गरिरहेका छौं ।’ घटनाको प्रकृति हेर्दा र प्रहरीले गरेको स्थलगत मुछुल्काबाट पनि जबरजस्ती करणी गरेको देखिएको प्रहरीको भनाई छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button