Uncategorizedसमाचारसमाजहेडलार्इन

पूर्व प्रेमीलाई भेटेर आएपछि महिलाले झुडिएर आत्महत्या, पानवारीमा तनाव, प्रेमी भनिएका युवा पक्राऊ (भिडियो सहित)

पानबारी,koshipost.com

सुनसरीको धरान ६ पानबारीमा पूर्व पे्रमी भेटेर आएपछि महिलाले झुडिएर आत्महत्या गरेकी छिन् । धरान ६ पानबारी माईती भई झापा विवाह गरेकी मनिसा मगरले शनिबार माईती घरमा झुडिएर आत्महत्या गरेकी हुन् । विगत ९ वर्ष अघि गाउँकै सुनिल बस्नेत संग प्रेममा परेकी मगरले ६ वर्ष अघि झापाका युवा संग विवाह गरेकी थिइन् । विवाह गरेर झापा गएकी मगरलाई बस्नेतले श्रीमान् छाडेर आउन भनेपछि मगर केही वर्ष यता माइतीमा बस्दै आएकी स्थानीयहरुको भनाई छ । मगरले श्रीमान् र छोरालाई माइती घरमा आएकी थिइन् ।

विवाह गरेर झापा पुगेकी मगरलाई पूर्व प्रेमी बस्नेतले बढी दवाब दिएका कारण मगरले आत्महत्या गरेको हुन सक्ने छिमेकी र आफन्तहरु बताउँछन् । शनिबार साँझ करिब ७ बजेतिर मनिषा मगरले माइतीघरमा नै आत्महत्या गरेकी थिइन् । उनले आत्महत्या गरेपछि पानवारीमा आईतबार (आज) तनावग्रस्त भएको थियो । मृतकले आत्महत्या गर्नु अघि आफ्नो समस्या लिएर वडाअध्यक्ष र प्रहरी समक्षमा पुगेपनि वेवास्ता गरिदिए पछि आत्महत्या गर्न पुगेको भन्दै आफन्तजन र स्थानीयले जनप्रतिनिधिमाथि घेराउ र आक्रोश पोखेका थिए ।

ईलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले श्रीमान् छोडेर माइती बसिरहेकी महिलाले आत्महत्या गरेको बताए । उनको शव आज मुचुल्का उठाएर पोष्टमार्टम गर्न वीपी प्रतिष्ठान पठाएको जानकारी दिए । नाताले मनिषाको दिदी पर्ने निशाले भनिन्,‘यसपाली केटा विदेशबाट घर आएर सोमबार म अर्के केटी भगाउदैछु भनेछ । त्यसपछि शुक्रबार नै मनिषा धरान आएर केटा भेट्न खोज्दा कतै भेटेन । वडाअध्यक्ष र प्रहरीमा जादा पनि केही नलागेपछि हिजो राती झुण्डिएछ ।’ निशाका अनुसार शनिबार बिहानैदेखि मनिषाले केटाको घर, वडाअध्यक्ष भुवनसिंह बस्नेत, प्रहरी चौकीलगायत गाउँका थुप्रैलाई भेटेका थिए । उनले सबैलाई केटा झिकाएर छलफल गराइदिनु माग गरेकी थिइन् ।

‘कसैले पनि उसको कुरा सुनुवाई गरेन । कतिले उल््टै गाली गरेर पठाइदिएछ,’निशाले भनिन्,‘कोहीबाट सुनुवाई नभएपछि शनिबार साँझ झुण्डिएछ ।’

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button