Uncategorizedसमाचारस्थानीयहेडलार्इन

प्रदेश १ बजाज शोरुममो ‘एक्सचेञ्ज’ सँगै ‘अपग्रेड अफर’, १० लाख नगद जित्न सकिने

धरान,koshipost.com

सुनसरीको धरानमा बजाज शोरुममा महामेला लाग्ने भएको छ । शोरुममा ‘एक्सचेञ्ज एण्ड अपग्रेड महामेला’ लाग्ने भएको हो । बजाज मोटरसाइकलको धरानका लागि आधिकारिक बिक्रेता अर्विन एण्ड ब्रर्दश अटोले असोज १७ गतेदेखि २३ गतेसम्म महामेला गर्न लागेको शनिबार आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ। । शोरुममा १०० सिसीदेखि ४०० सिसीसम्मका मोटरसाइकल बिक्रीका लागि राखिएको छ ।


पत्रकार सम्मेलन गर्दै सञ्चालक एवं प्रबन्ध निर्देशक अर्विन तामाङले दशैं, तिहार र छैठ जस्ता महत्वपूर्ण चाडपर्वको अवसर पारेर धरान–८ भोटेपुलस्थित आफ्नै शोरुममा महामेला आयोजना हुने जानकारी दिए । उनका अनुसार महामेलामा पुरानो मोटरसाइकलको अधिक मूल्याङ्कन तथा बजार मूल्यभन्दा १० हजार थप मूल्याङ्कन गरिनेछ भने शुन्य प्रतिशत ब्याजदरमा सरल फाइनान्स सुविधा पनि उपलब्ध हुनेछ ।


तामाङका अनुसार नगद तथा एक्सचेञ्जबाट खरिद गर्ने ग्राहकहरुले १० हजारदेखि १० लाखसम्म नगद पनि जित्न सक्नेछन् । प्रत्येक महिना देशभरबाट बम्परमार्फत् खरिद तथा एक्सचेञ्ज गर्ने ग्राहकहरुमध्ये एकजनाले यो उपहार पाउनेछन् । मेला अवधिभर प्रत्येक खरिदकर्ताले हेल्मेट र लेगगार्ड पनि निःशुल्क प्राप्त गर्ने प्रबन्ध निर्देशक तामाङले जानकारी दिए ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button