शिक्षासमाचारहेडलार्इन

हिमालय निजी विद्यालयका साहुरु बिच लफडा शुरु , अध्यक्ष लिम्बुले २ करोड सेयर सदस्यलाई ठगी गरेको आरोप

धरान,koshipost.com


सुनसरीको धरानमा अवस्थित हिमालय बोडिङ स्कूलम लफडा शुरु भएको छ । धरानको हिमालयन बोर्डिङ स्कूलका सञ्चालक साहुहरुवीच सेयर बाँडफाँडको लफडा सार्वजनिक भएको हो । पिडित पार्टनरहरुले स्कूल खोल्न सेयर वापत लगानी गरिएको २ करोड २२ लाख रुपैयाँ हिमालयन बोर्डिङ स्कूल सुनसरी प्रा. लि.का अध्यक्ष कैलाश लिम्बु आङदेम्बेले एक्लै ले खाएको आरोप लगेको छ ।


अध्यक्ष आङदेम्बेलाई सेयरवापतको दायित्व रकम भुक्तानी गर्दा पनि अन्य सेयर सदस्यको नाममा सेयर कायम नगरेको अन्य सेयर सदस्यहरुले आरोप लगाएका छन् । आङदेम्बेले एकलौटी आफ्नो नाममा ९४ प्रतिशत र बाँकी ६ प्रतिशत सेयर पूजा अग्रवालको नाममा राखेर अरु लगानीकर्ताहरुलाई ठगी गरेको अन्य सेयर सदस्यहरुले आरोप लगाएको हो ।


धरान – १२ स्थित हिमालयन बोर्डिङ स्कूलमा १५ जना सेयर सदस्य छन् । जसमा प्रतिव्यक्ति १५ लाख ५० हजारका दरले सेयरवापतको रकम आङदेम्बेलाई उपलब्ध गराएको अन्य पिडित सञ्चालकहरुले दावी गरेका छन् । उनीहरुले कम्पनीको नाममा रहेको धरान १२ कित्ता नम्बर ३४५ को करिब १८ धुर र कि.नं. चारआना, त्यस जग्गामा निर्मित ३ तले पक्की भवन समेत बराबर हुने गरी सेयर बाँडफाँड हुनु पर्ने दावी गरेका छन् ।

यता अध्यक्ष आङदेम्बेले २०७७ मंसिर २० गतेका निर्णय विरुद्ध अन्य सञ्चालक सदस्यहरुलाई दुम्राहमा राख्दै विद्यालय सञ्चालनको लागि खरिद गरेको जग्गा र अन्य कुराको स्वामित्व लिदालिदैं पनि विद्यालयका प्रिन्सिपल मोहनप्रसाद पाठकलाई समेत जानकारी नदिई कम्पनीको नाममा हुनु पर्ने जग्गा उपाध्यक्ष अर्जुन घिमिरेकी श्रीमती तुलसा महत र हिमालय बोर्डिङ स्कूलका शिक्षक भाष्कर पौडेलकी श्रीमति उर्मी शर्माको नाममा भदौ २४ गते पास गरेका थिए ।


तुलसाका नाममा नामसारी गरिएको सबै जग्गा र भवन हिमालयन बोर्डिङ स्कूल सुनसरी प्रा.लि.को नाममा हुनु पर्ने जिकिर अन्य सेयर सदस्य दावी गर्नेका छन् । स्कूलको नामामा रहेको घरजग्गा सेयरवापत दिएको हुनाले आफूहरुले पाउनु पर्ने पिडितहरुले दावी गरेका छन् ।
सो कम्पनीको सेयर बाँडफाँडको विषयमा पटक पटक बैठक बसे पनि निर्णय कार्यान्वयन गर्नुको बदला आफूखुशी अन्यलाई निश्कासन गरी एकलौटी सेयर बनाएर किर्ते काम गरेको देखिन्छ । पीडित साहुहरुले गत भदौ १७ गतेदेखि विद्यालयमा तालाबन्दीको निर्णयसमेत गरेका थिए । तर पनि कुनै सुुुनुवाइ नभएपछि प्रचारवाजीमा ओर्लिएका छन् ।


हिमालयन बोर्डिङ स्कूल रमेघा कलेजका सञ्चालकहरु
सेयर विवादले खुलेको ठगी धन्दा


सेयर सम्पत्तिको विवाद सतहमा आएपछि अन्य साहुहरु पनि ‘कालेकाले मिलेर खाउँ भाले’ हुन नसक्दा सेयर सम्पत्ति विवादकै निहुँमा भए पनि अभिभावक र विद्यार्थी लुट्ने योजनमा पीडित र पीडक सबैको सहमति रहेको कुरा बाहिर आएको छ । सेयर नपाउने साहुहरुका अनुसार ‘आधिकारिक रुपमा कक्षा ११ सम्मको सम्बन्धन हिमालय बोर्डिङ स्कूल प्रा।लि।को नामा रहेको र स्नातक तहको सम्बन्धन अल्पाईन कालेज प्रा।लि।को र अहिलेसम्म मेघा कलेजले कुनै पनि कानुनी मान्यता प्राप्त नगरेको’ जानकारी गराएका छन् ।

सेयर नपाउने साहुहरुका अनुसार विद्यालय तथा कलेजले ‘कानुनी रुपमा कुनै पनि मान्यता र सम्बन्धन प्राप्त नगरेको धरान मेघा कलेजको नाममा विभिन्न मिडिया तथा सामाजिक सन्जालमा अनावश्यक प्रचारप्रसार गरी विद्यार्थीलाई भर्ना गरी शुल्क उठाउँदै आएको’ पनि जानकारी गराएका छन् । स्वीकृति नै नलिई खोलिएको मेघा कलेज र प्लस १२ को हिमालयको नाममा सात हजारदेखि दशहजारसम्म शुल्क उठाउँदै आएका छन् । अभिभावक र विद्यार्थी ठग्ने धन्दा यतिमा मात्रै सिमित देखिन्न ।

यस कम्पनीले गत वर्ष हिमालयन बोर्डिङ स्कुल सुनसरी प्रा।लि।को नाममा विज्ञान विषय मात्रै अध्ययन गराउने सम्वन्ध लिएकोमा यस आर्थिक वर्षमा सम्वन्धन नैं प्राप्त नगरेको व्यवस्थापन र होटल व्यवस्थापनसम्वन्धी दर्ता नै नभएको मेघा कलेजको नामा विज्ञापन गरेर चर्को शुल्क निर्धारण गरी विद्यार्थीहरुबाट अग्रिम रकम लिएको आरोप पनि लगाएका छन् । यसले अभिभावक र विद्यार्थीहरुसँग शैक्षिक उन्नयनको लागि वाचा गर्ने सबै सेयरधनीहरु ठग्न नपाएका इज्जतिला देखिने प्रयास गरेको चर्चा सुरु भएको छ । एकथरी धरानेले भने कलेज खोलेर अभिभावकको सम्पत्ति लुट्ने र सम्वन्धन नलिइकन विद्यार्थीको भविष्यमाथि खेलवाड गर्ने पीडक र पीडित भनिएका सबै सञ्चालक साहुलाई पाता फर्काउनु पर्ने बताएका छन् ।

सेयर बाँडफाँडमा कुरा नमिल्दा मात्र अभिभावक र विद्यार्थी ठग्ने धन्दा बाहिरिएकोले गर्दा मेघा कलेजमा व्यवस्थापन र होटल व्यवस्थापन पढ्ने विद्यार्थीहरु भने ‘हाँस्नु न रुनु’को अवस्थामा छन् । उनीहरुले धरान उपमहानगरपालिकाको शैक्षिक विषयसँग सम्वन्धित राजपत्र भाग २ वर्ष १ संख्या ५ र २०७४र०९र२३ अनुसार विद्यालय खोल्ने अनुमति वा स्वीकृति सम्बन्धी व्यवस्थालाई समेत बवास्ता गरेको बताइएको छ । धरान राजपत्रको ४ र ५ दफामा विद्यालय खोल्नको लागि पूर्वाधार खडा गर्नु पर्ने र जाँचबुझपछि विद्यालय सञ्चालन गर्ने अनुमति लिनु पर्ने प्रावधान रहेको छ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button