Uncategorizedपर्यटनसमाचारस्थानीयहेडलार्इन

सर्दु खोलाको करिडोर निर्माण संगै पर्यटकिय गन्तव्य बन्छः मुख्यमन्त्री आचार्य


धरान,koshipost.com


सुनसरीको धरानमा रहेको सर्दु खोलाको करिडोर निर्माण संगै पर्यटकीय गन्तव्य बन्ने भएको छ । आज प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय सुनसरीले आयोजना गरेको सर्दु खोला नियन्त्रण कार्यको शिलान्यास गदै १ नम्बर प्रदेशका मुख्य मन्त्री भिम आचार्यले यस्तो बताउनु भएको हो । सर्दु खोलाको पूर्वपट्टी तटबन्धन बन्ने भएको छ । सर्दु खोलाको सिरानमा रहेको १३ नं. वडादेखि धरान–चतरा सडक धरान–१७ सम्म खोलाको पूर्वपट्टी तटबन्धन सहितको करिडोर बन्ने भएको हो ।


शिलान्यास गर्दै मुख्यमन्त्री भीम आचार्यले सर्दु खोलाको करिडोर निर्माण गर्ने मात्र नभइ यसलाई पर्यटकिय गन्तव्य बनाउनेसम्मको काम गर्ने बताउनुभयो । उहाँले बाह्य राष्ट्रको उदाहरण दिदै भन्नुभयो –‘चाइनमा सहरका बीचमा यस्ता नदीलाई आकर्षणको केन्द्र बनाइएको छ । जहाँ लाखौ पर्यटक गएर भुलिने, मनोरञ्जन लिने र भव्य रेष्टुराँहरु मनग्य चल्ने गरेका छन् ।’ यहाँ पनि हामी सर्दु र सेउती करिडोरलाई यस्तै पर्यटकिय क्षेत्र बनाउन चाहान्छौ, जहाँ आधारातसम्म पर्यटकहरुले मनोरञ्जन गर्दै रेष्टुरेन्टहरुमा विताउन् । मुख्यमन्त्री आचार्यले धरानमा यस अघि खेलग्रामकालागी छुट्याइएको बजेटमा राजनीति गरेको भन्दै तीन महिना भित्र रकमान्तर गरेर भएपनि खेलग्रामकोलागी ५ करोड रुपैया विनियोजन गर्ने बताउनुभयो । यस्तै उहाँले धरानलाई आर्थिक गतिविधिको केन्द्र बनाउन आवश्यक रहेको भन्दै त्यसकालागी आवश्यक भौतिक निर्माण तिब्र गतिमा गर्ने मुख्यमन्त्री आचार्यको भनाई थियो ।


सर्दु खोलाको करिडोर निर्माणकोे नाममा कसैलाई उठिबास नबनाउने शिलान्यास कार्यक्रममा बोल्दै सभामुख प्रदीपकुमार भण्डारीको भनाई छ । करिडोरमा पर्ने घरहरुलाई उचित स्थानमा स्थानान्तरण गरिने सभामुख भण्डारीले बताउनुभयो । धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारीले खहरे धरानकोलागी बरदान हुने बताउनुभयो । खहरे करिडोरमा हरियाली पार्क निर्माण देखि फराकिलो सडक बनाउनेसम्मका काम गर्न सकिने र खहरेबाट निर्माण समाग्रीको सदुपयोग गर्न पाइने भएकोले खहरे बरदान भएको उपमेयर भण्डारीको भनाई छ । सिलान्यास कार्यक्रममा जनप्रतिनि तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु र सरोकारवालाहरुको सहभागीता रहेको थियो ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button