समाचारस्वास्थ्यहेडलार्इन

१ नम्बर प्रदेश प्रदेश १ मा ३९० जना कोरोना संक्रमित थपिए, ६ जनाको मृत्यु


विराटनगर,koshipost.com


१ नम्बर प्रदेशमा पछिल्लो २४ घण्टामा ३९० जनामा कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार १ हजार २९९ जनाको पीसीआर परीक्षण गर्दा ३११ जनामा संक्रमण पुष्टि भएको हो भने ४५१ जनाको एन्टिजेन परीक्षण गर्दा ७९ जनामा संक्रमण देखिएको हो । पीसीआर परीक्षणका आधारमा मोरङमा १२०, झापामा ११५, सुनसरीमा ५९, धनकुटामा ५, इलाम र संखुवासभामा २–२, ताप्लेजुङ, खोटाङ र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको हो ।

सुनसरीको इटहरीमा ५०, धरानमा ७, देवानगञ्ज र रामधुनीमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा ३, चौवीसे र पाख्रिबासमा १–१, इलामको इलाम नगरपालिका र माईमा १–१, संखुवासभाको धर्मदेवी र खाँदबारीमा १–१, ताप्लेजुङको आठराई त्रिवेणी, उदयपुरको बेलका र खोटाङको स्थानीय तह नखुलेका १–१ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यस्तै,मोरङको विराटनगरमा ५०, सुन्दरहरैचामा ३२, बेलबारीमा १६, पथरीशनिश्चरेमा ७, बुढीगंगामा ५, रतुवामाईमा ४, कटहरीमा २, रंगेली, उर्लाबारी, जहदा र केराबारीमा १–१ जनामा संक्रमण पुष्टि भएको छ भने झापाको विर्तामोडमा ३४, कनकाईमा १८, मेचीनगरमा १३, शिवसताक्षीमा १२, दमकमा ११, अर्जुनधारा र भद्रपुरमा ८–८, झापा गाउँपालिका र कमल गाउँपालिकामा ३–३, गौरादह र गौरीगञ्जमा २–२, बुद्धशान्तिमा १ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा यही ४२५ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २२१ महिला र २०४ पुरुष रहेका छन् । यही समय अवधिमा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १ महिला र ५ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button