समाचारस्वास्थ्यहेडलार्इन

धरानमा १९ जना सहित प्रदेश १ मा ५७४ जना कोरोना संक्रमित थपिए , १० जना संक्रमितको मृत्यु

विराटनगर,koshipost.com


पछिल्लो २४ घण्टामा प्रदेश १ मा ५७४ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका मध्ये सुनसरीको धरानमा १९ रहेका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार १ हजार २८१ जनाको पीसीआर परीक्षण गर्दा ४१० जनामा कोरोना पुष्टि भएको छ भने ७५८ जनाको एन्टिजेन परीक्षण गर्दा १६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सामजिक मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १७१, मोरङमा ९८, सुनसरीमा ९६, इलाममा १२, उदयपुरमा १०, धनकुटामा ८, पाँचथरमा ३, संखुवासभा र भोजपुरमा २–२, ताप्लेजुङ र तेह्रथुममा १–१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको हो ।


सुनसरीको इटहरीमा ६६, धरानमा १९, दुहवी र इनरुवामा ३–३, रामधुनीमा २, बर्जु, भोक्राहानरसिंह र स्थानीय तह नखुलेका १–१ जना रहेका छन् । यस्तै, इलामको सुर्योदयमा ३, देउमाई, इलाम नगरपालिका, रोङ र चुलाचुलीमा २–२, स्थानीय तह नखुलेका १, उदयपुरको बेलकामा ४, चौदण्डीगढीमा ३, त्रियुगा, उदयपुरगढी र स्थानीय तह नखुलेका १–१ जना छन ।

त्यस्तै, झापाको विर्तामोडमा ४८, दमकमा २८, भद्रपुरमा २०, शिवसताक्षीमा १८, अर्जुनधारामा १२, मेचीनगर र कनकाईमा १०–१०, बुद्धशान्ति र कमल गाउँपालिका ९–९, बाह्रदशीमा ४, हल्दिबारीमा २ र स्थानीय तह नखुलेका १ जना छन् । यस्तै, मोरङको विराटनगरमा ४२, बेलबारीमा २२, सुन्दरहरैचामा १४, उर्लाबारीमा ६, बुढीगंगामा ५, पथरीशनिश्चरेमा ३, कानेपोखरी र ग्रामथानमा २–२, रतुवामाई र लेटाङमा १–१ जना रहेका छन् ।

यसैगरी धनकुटाको धनकुटा नगरपालिकामा ८, पाँचथरको फिदिम, हिलिहाङ र स्थानीय तह नखुलेका १–१, संखुवासभाको खाँदबारीमा २, भोजपुरको भोजपुर नगरपालिका र स्थानीय तह नखुलेका १–१, ताप्लेजुङको मिक्वाखोला, ते¥हथुमको म्याङलुङमा १–१ र प्रदेश १ बाहिरका ६ जनामा कोरोना पुष्टि भएको सामजिक मन्त्रालयले जनाएको छ ।


प्रदेश १ मा यसै अवधीमा ३८८ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १९० महिला र १९८ पुरुष रहेका छन् । यही समयमा प्रदेश १ मा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको सामजिक मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा २ महिला र ८ पुरुष रहेको सामाजिक मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button