समाचारस्थानीयस्वास्थ्यहेडलार्इन

प्रदेश १ मा ६११ जना कोरोना संक्रमित थपिए, १३ जनाको मृत्यु


विराटनगर,koshipost.com


प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६ सय ११ जना कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार कुल १ हजार ३ सय ३८ जनाको पीसीआर परीक्षण गर्दा ४ सय १४ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै, ७ सय १८ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय ९७ जनामा संक्रमण देखिएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १ सय ४४, मोरङमा १ सय ४२, सुनसरीमा ९३, धनकुटामा १५, इलाममा ४, भोजपुर, उदयपुर र संखुवासभामा २–२, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका ९ जनामा संक्रमण देखिएको हो ।

प्रदेश १ मा यही अबधीमा कोरोना संक्रमण बाट १३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४ महिला र ९ पुरुष रहेकोे विकास मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ३ सय १२ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १ सय २८ पुरुष र १ सय ८४ महिला रहेका छन् ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button