शिक्षासमाचारहेडलार्इन

‘एसइई स्पीकर’ विजेता चन्द्र संस्कृत माविका दीपेन भण्डारी

धरान,koshipost.com

चन्द्र संस्कृत माविका दीपेन भण्डारीले २०७८ एसइई स्पीकर विजेता प्राप्त गरेका छन् । रयाडीकल लाइट नेपाल प्रा.लि. ले संचालन गरेको एसइई स्पीकर २०७८ सिजन १ को ग्राण्ड फाईनलमा भण्डारी जितेका बनेका हुन्् । बिजेताले धरानका कलेजदेखि काठमाडौंका कलेजसम्म निःशुल्क पढ्न पाउने, भएका छन् ।


धरान–१३ स्थित वडा कार्यालयको सभाहलमा प्रतिस्पर्धापछि बिजेता घोषणा गरिएको थियो । ग्रान्ड फिनालेमा चन्द्र संस्कृत माविका दीपेन भण्डारी विजेता, शारदा बालिका नमूना माविकी रेजिना विक फष्ट रनरअप, ज्वालामुखी माविका अङ्कित ढुङ्गाना सेकेण्ड रनरअप भएका छन् ।
यस्तै, सव टाइटलतर्फ पब्लिक मावि फुश्रेका विनोद काफ्ले वेस्ट डिसिप्लिन, हिविस्कस बोर्डिङ स्कुलकी सदीक्षा राई वेस्ट पब्लिक च्वाइस, शिक्षा सन्देश पानबारीका मौसम पराजुली मोष्ट सिन्सियर र सरस्वती मावि पानबारीका अभिषेक राई मोस्ट एक्टिभको उपाधि जित्न सफल भएका छन् । बिजेताले क्रमशः ८ हजार, ५ हजार र ३ हजार रुपैयाँ प्राप्त गरेका थिए ।


बिजेताले धरानका कलेजदेखि काठमाडौंका कलेजसम्म पूर्ण छात्रवृत्तिमा अध्ययन गर्न पाउने भएका छन् । बिजेताले काठमाडौंको जेभियर इन्टरनेशनल कलेजमा पूर्ण छात्रवृत्ति र धरानमा पढ्न चाहेमा युएन, नवोदय कलेजमा पूर्ण छात्रवृत्ति प्रदान गरिने रयाडीकलका अध्यक्ष तिर्थ कार्कीले जानकारी दिए ।


त्यस्तै, फस्ट रनरअपले जेभियरमा ५० प्रतिशत छात्रवृत्ति र धरान मेघा कलेजमा पढ्न चाहेमा पनि ५० प्रतिशत छात्रवृत्ति पाउनेछन् । सेकेण्ड रनरअपले काठमाडौंको जेभियर र धरानको सुनाखरी एकेडेमीमा पढ्न चाहेमा ३० प्रतिशत छात्रवृत्ति पाउने जनाइएको छ । यस्तै, सब टाइटलतर्फ बिजेतामध्ये वेष्ट डिसिप्लिन र वेष्ट पब्लिक च्वाइसले धरानको सियोन स्कुलमा ४० प्रतिशत छात्रवृत्ति साथै वेष्ट सिन्सियर र मोष्ट एक्टिभले धरानको नेशनल एकेडेमीमा ५० प्रतिशत छात्रवृत्ति पाउने बताइएको छ । स्पीकर कार्यक्रममा २० जना विद्यार्थीले भाग लिएका थिए । सो मध्ये प्रतियोगितामा सहभागी भएका बाँकी १३ जना विद्यार्थीलाई धरानका विभिन्न कलेजमा २५ प्रतिशत छात्रवृत्ति उपलब्ध गराइने आयोजकले जनाएको छ ।


कार्यक्रमका प्रमुख अतिथि वडा नं. १३ का वडाध्यक्ष नेत्र काफ्लेले टप ७ लाई एक सेट कलेज पोशाक किनेर सिलाइदिने घोषणा गरेका छन् । ‘सहभागी ७ जना नै विद्यार्थीको प्रतिभा निखारिएको पाएँ’, उनले भने । सहजताका लागि ७ जना प्रतिभालाई कलेज पोशाक किनेर सिलाइदिने कार्यक्रममा बोल्दै वडाअध्यक्ष काफ्ले घोषणा गरेका हुन् ।


प्रतियोगिताको निर्णायकहरुमा महेन्द्र बहुमुखी क्याम्पस धरानका उपप्राध्यापक राजेश विद्रोही र समता स्कुल इटहरीका शिक्षक जेपी काफ्ले रहेका थिए । २५ प्रतिशत फिल्ड भिजिट र ७५ प्रतिशत अङ्कका लागि अन्तिम प्रतिस्पर्धा गराईएको थियो ।


विद्यार्थीको बोल्ने कलाको विकास गर्ने उद्देश्यले एसइई स्पीकर २०७८ कार्यक्रमको आयोजना गरेको आयोजक कमिटिका अध्यक्ष तिर्थ कार्कीले कोशीपोष्ट डटकम संगको कुराकानीमा बताए । आउँदो वर्षमा एसइई स्पीकर प्रदेश १ सञ्चालन गर्ने अध्यक्ष कार्कीले जनकारी दिए । हिमाल कार्कीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम अमिषा रिसालले संचालन गरेकी थिइन् ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button