समाचारस्वास्थ्यहेडलार्इन

१ नम्बर प्रदेशमा ८४७ जना कोरोना संक्रमित थपिए, ७ जनाको मृत्यु

विराटनगर,koshipost.com


१ नम्बर प्रदेशमा पछिल्लो २४ घण्टामा ८ सय ४७ जना कोरोना संक्रमित थपिएका छन् । यस मध्ये ४० जना सुनसरीको धरानमा थपिएका हुन् । १ हजार १ सय ८९ जनाको पीसीआर परीक्षण गर्दा ३ सय ६५ जनामा संक्रमण पुष्टि भएको छ भने १ हजार ५ सय २६ जनाको एन्टिजेन परीक्षण गर्दा ४ सय ८२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

पीसीआर परीक्षणका आधारमा मोरङमा १ सय २४, झापामा १ सय ३, सुनसरीमा ९१, धनकुटामा १४, पाँचथरमा १०, उदयपुरमा ६, भोजपुरमा २, इलाम र तेह्रथुममा ४–४ र प्रदेश १ बाहिरका ७ जनामा संक्रमण देखिएको विकास मन्त्रालयले जनाएको छ ।


प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४ सय ६५ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २ सय १९ महिला र २ सय ४६ पुरुष रहेका छन् । यसै अवधिमा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र ५ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button