Uncategorizedसमाचारसमाजहेडलार्इन

संखुवासभा जिल्लामा टेबल सार्ने क्रममा लडेर एक युवाको मृत्यु


संखुवासभा,koshipost.com


टेबल सार्ने क्रममा लडेर एक युवाको मत्यु भएको छ । संखुवासभा सिलिचोङ गाउँपालिका १ केवाडाँडा बस्ने २१ वर्षीय दिनेश राई स्वास्थ्य चौकीको सामान सार्ने क्रममा भीरबाट लडेर मृत्यु भएको हो ।


शनिबार दिउँसो साढे २ बजे सोही स्थानमा निर्माण भएको स्वास्थ्य चौकीको सामान सार्ने क्रममा काठको टेवल बोकी आउँदै गर्दा बाटो साँघुरो भएको कारण आफै सडकबाट अन्दाजी २०० मिटर तल सिसुवा खोलाको दहमा खसेर मृत्यु भएको थियो ।
घटनाको जानकारी पाएलगतै प्रहरी चौकी सिसुवाटार र जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरी टोली खटी गई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button