समाचारस्वास्थ्यहेडलार्इन

माया घरका ४१ जनामा कोरोना संक्रमण पुष्टि

ईटहरी,koshipost.com

माया घरका ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । इटहरीको माया घरका ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ४१ जनामा कोरोना देखिएपछि जीन सिक्वेन्सिङका लागि ५ जनाको नमूना पठाइएको छ । इटहरी उपमहानगरपालिका वडा न २ आयुर्वेद टोलस्थित माया घर नेपालमा रहेका आश्रित व्यक्तिहरूमध्ये २८ जनाको कोभिड १९ परीक्षण गर्दा थप ५ जनामा संक्रमण देखिएको हो । यसअघि ५० जनाको कोभिड परीक्षण गर्दा ३६ जनाको रिपोर्ट पोजेटिभ आएको थियो ।

कोरोनाको नयाँ भेरियन्ट हो वा होइन पत्ता लगाउन जिनसिक्वेसिङको लागि जनस्वास्थ्य प्रयोगशाला र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ), हेल्थ इमर्जेन्सी टिम विराटनगरमार्फत संक्रमित ५ जनाको नमुना पठाइएको इटहरी अस्पतालको इमर्जेन्सी विभाग प्रमुख तथा कोभिड १९ होम आइसोलेसन सर्पोट टिम, इटहरीका संयोजक रामकुमार धमलाले जानकारी दिए ।


संक्रमितहरुलाई इटहरी अस्पतालले हेल्थ मनिटरिङ गरिरहेको छ । हाल सबैको अवस्था सामान्य र सुधारोन्मुख रहेको बताइएको छ । क्लस्टरमा केस देखिएकोले प्रारम्भिक अवस्थादेखि नै इटहरी अस्पताल, उपमहानगरको स्वास्थ्य शाखा र डब्लुएचओको टिमले मनिटरिङ गरिरहेको छ । अनाथ, वेवारिसे र मानसिक सन्तुलन गुमाएका महिला र बालबालिकालाई मायाघरले संरक्षण दिँदै आएको छ । मामाघरकी सचिव सुभद्रा पराजुलीका अनुसार हाल माया घरमा ८५ जना आश्रित छन् ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button