समाचारस्वास्थ्यहेडलार्इन

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४२७ जना कोरोना संक्रमित संक्रमणमुक्त, ३५२ जना संक्रमित थपिए

विराटनगर,koshipost.com
प्रदेश १ मा पछिल्लो २४ घण्टमा ४२७ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । २ सय ९ महिला र २ सय १८ जना पुरुष संक्रमणमुक्त भएका हुन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६७ हजार ९ सय ९५ पुगेको छ । यही समयमा ३ सय ५२ जनामा कोरोना पुष्टि भएको सामजिक विकास मन्त्रालयले जनाएको छ । १ हजार ४३ जनाको पीसीआर परीक्षण गर्दा २ सय ६ महिला र १ सय ४६ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।


कोरोना संक्रमित पुष्टि हुनेमा मोरङमा १ सय २६, झापामा १ सय ७, सुनसरीमा ८८, धनकुटामा ८, संखुवासभा र उदयपुरमा ४–४, ताप्लेजुङ र इलाममा ३–३, भोजपुरमा २, पाँचथर, सोलुखुम्वु र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण पुष्टि भएको छ ।

मोरङको विराटनगरमा ४३, बेलबारीमा ३०, केराबारीमा १७, सुन्दरहरैचामा ११, बुढीगंगामा ८, पथरीशनिश्चरेमा ७, धनपालथानमा ३, उर्लाबारीमा २, लेटाङ, कानेपोखरी, रतुवामाई, कटहरी र स्थानीय तह नखुलेका १–१ जना छन् । झापाको विर्तामोडमा २४, मेचीनगरमा २२, दमकमा १३, अर्जुनधारामा ११, भद्रपुरमा १०, हल्दिबारी र कनकाईमा ६–६, बुद्धशान्ति, शिवसताक्षी, झापा गाउँपालिका र स्थानीय तह नखुलेका ३–३, कमल गाउँपालिकामा २ र बा¥हदशीमा १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यस्तै, धनकुटाको धनकुटा नगरपालिकामा ४, महालक्ष्मी र स्थानीय तह नखुलेका २–२, संखुवासभाको चैनपुरमा २, खाँदबारी र स्थानीय तह नखुलेका १–१, उदयपुरको चौदण्डीगढीमा २, त्रियुगा र बेलकामा १–१, ताप्लेजुङको श्रीजंगा, फुङलिङ र स्थानीय तह नखुलेका १–१, इलामको इलाम नगरपालिका, चुलाचुली र देउमाईमा १–१, भोजपुरको भोजपुर नगरपालिका र आमचोकमा १–१, पाँचथर, सोलुखुम्वु र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button