राजनीतिसमाचारहेडलार्इन

संसद विघटन मुद्दाको बहस सकियो

काठमाण्डौं,koshipost.com


संसद विघटन मुद्दामा पक्ष र विपक्षका कानुन व्यवसायीको बहस सकिएको छ । २० र २१ गते रिट निवेदक पक्षका कानुन व्यवसायीले जवाफी बहस गरेपछि दुवै पक्षको बहस सकिएको हो । अब इजलासमा बेञ्चले कानूनी परामर्शका लागि झिकाएको एमिकस क्युरीको बहस हुन बाँकी छ । दिउँसो २ः३० बाट एमिकस क्यूरीको राय प्रस्तुत हुने सर्बोच्च अदालतले जनाएको छ ।


आजको बहसमा वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रतिनिधिसभालाई कसैले मार्न नसक्ने र नहुने बताएका छन् । संसद विघटन र नयाँ प्रधानमन्त्री चयनलगायत विषयमा परेका रिटहरुमाथि सर्वोच्च अदालतमा भइरहेको जवाफी बहसका क्रममा वरिष्ठ अधिवक्ता थापाले भने ।

महान्यायाधिवक्ताले लामो समय कागज जाँच गर्नुभयो । राष्ट्रपतिसमक्ष दाबी पेश गर्न कस्तो कागजात चाहिने हो ? न राष्ट्रपतिलाई थाहा छ, न इजलासलाई थाहा छ । आज सूचना निकालेको छ, भोलिसम्ममा दाबी पेश गर्नुपरेको छ । भोलि विश्वासको मत पाउँछ कि पाउँदैन भनेर हेर्ने राष्ट्रपति को हो ? त्यो अधिकार उहाँलाई छैन ।


उहाँले त्यसो गर्दा १४९ सांसदको अधिकार अपहरण भयो । राष्ट्रपतिकहाँ कस्तो कागज जान्छ भन्ने कुरा न महान्यायाधिवक्ताको क्षेत्राधिकारको विषय हो‚ न मेरो विषय हो । १४६ जनाको हस्ताक्षर त्यहाँ अटाउँदैन भनेर अर्कोे पानामा हस्ताक्षर गरियो । प्रधानमन्त्रीमा दावा आइसकेपछि त्यो मत लिन संसदमा पठाउनुपर्ने तर, राष्ट्रपतिले भविष्यमा तिमिले पाउँछौ कि पाउँदैनौ भनेर मैले नै हेर्छु भन्नुभएको छ । सरकार गठन गर्न जुन सही गरे, ५ को व्याख्याका लागि उहाँहरु कुनचाहिँ क्रियाबाट प्रतिबन्धित हुनुहुन्छ ? सांसारमा कमजोर राष्ट्रपति त्यो भन्छन्‚ जो प्रधानमन्त्रीले भनेको लुरुलुरु गर्छन् ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button