समाचारस्थानीयस्वास्थ्यहेडलार्इन

धरान १४ को एक जना कोरोना संक्रमितको मृत्यु

धरान,koshipost.com
धरान १४ को १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमण भएका धरानको वडा नं १४ का एक व्यक्तिको मृत्यु भएको हो । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचरको क्रममा ४९ वर्षीय व्यक्तिको मृत्यु भएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलले संक्रमितको हिजो राती ९ बजेर ४५ मिनेटमा मृत्यु भएको जानकारी दिएका छन् ।

मृतकलाई असार ५ गते संक्रमण पुष्टि भएको थियो भने सोही दिनदेखि कोभिड अस्पतालमा भर्ना गरेर उपचार भइरहेको थियो । मृतकको शव नियम अनुसार व्यवस्थापन भइरहेको प्रतिष्ठानले जनाएको छ

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button