समाचारसमाजहेडलार्इन

शिकार खेल्ने क्रममा गोलीले आफ्नै साथीको ज्यान गयो, फरार ४ जना अभियुक्त बन्दुकसहित पक्राउ

मोरङ koshipost.com
शिकार खेल्न संगै गएको साथीले चलाएको बन्दुकको गोलीले आप्mनै साथीको ज्यान गएको छ । गत बैशाख ८ गते साँझ मोरङको केराबारीमा १० जनाको टोली शिकार खेल्न बाँसघारी खोप राष्ट्रिय वन क्षेत्रमा गएका थिए । ती मध्ये केराबारी ३ का ३२ वर्षीय हस्तबहादुर राईको आफ्नै साथीले चलाएको बन्दुकको गोली लागेर मृत्यु भएको हो । राई भोलीपल्ट मृत अवस्थामा भेटिएका थिए ।

घटनाबारे अनुसन्धान गर्न खटिएको प्रहरी टोलीले भरुवा बन्दुकको गोली दाहिने कुममा लागेको अवस्थामा हस्तबहादुरको शव फेला पार्यो । साथै, एक सान भरुवा बन्दुक पनि भेट्याएको थियो । सोही दिन प्रहरीले दिउँसो ३ बजे केराबारी ३ का २६ वर्षीय रुविन लिम्बु र ३७ वर्षीय गजेन्द्र बहादुर राईलाई घरबाटै पक्राउ गरेको थियो । ज्यान सम्बन्धी र हातहतियार खरखजना कसुरमा अनुसन्धानको क्रममा रहेको प्रहरीले हिजो बुधबार पुनः उक्त घटनाका फरार ४ जनालाई हतियार सहित पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ पर्नेमा फरार अभियुक्तहरु केराबारी ३ का ४४ वर्षीय डिकबहादुर राई, ३६ बर्षीय बुद्धविर लिम्बु, १९ वर्षीय रामप्रसाद राई र लेटाङ नगरपालिका १ का १९ वर्षीय विपिन लिम्बु रहेका छन् । प्रहरीले केराबारी ३ स्थित बाँसघारी खोप सरकारी राष्ट्रिय वनमा ढलेको सखुवाको रुखको चेपमा माटो र पातहरुले छोपी लुकाई राखेको भरुवा बन्दुक २ थान पनि वरामद गरेको जनाएको छ । यस्तै, ढुंगामाथि पातहरुले छापेर लुकाई राखेको भरुवा बन्दुक १ थान र लेटाङ १ स्थित जंगलको ठुलो ढुंगाको ओडारमा लुकाई राखेको भरुवा बन्दुक थप १ थान पनि वरामद भएको मोरङ प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक (डिएसपी) मानबहादुर राईले जानकारी दिए ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button