समाचारसूचना प्रबिधिहेडलार्इन

प्रदेश १ का केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना आजको मौसम पूर्वानुमान

काठमाण्डौं koshipost.com

मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु, स्थानीय वायु र भारतको पश्चिम बंगाल तथा यसको आसपास बनेको न्यून चापीय क्षेत्रको ९ऋथअयिलष्अ ऋष्चअगबितष्यल० सामान्य प्रभाव छ । आज बिहान लुम्बिनी प्रदेशका थोरै भूभाग र देशका पहाडी भूभागमा आंशिक भइरहेको र बाँकी भूभागमा सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

यसैगरी, आज दिउँसो प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानहरूमा आंशिक बदली रहने सम्भावना रहेको छ । भने, प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । यस्तै, पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानहरूमा सामान्यतया सफा रहनेछ । यता, प्रदेश १ का १÷२ स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button