समाचारस्वास्थ्यहेडलार्इन

चिकित्सकमाथि आक्रमण गर्ने ३ जनालाई प्रहरीले पक्राऊ गर्यो, ज्यान मार्ने उद्योगको मुद्दा

५ नम्बर प्रदेश koshipost.com


चिचित्सकमाथि आक्रमण गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । चिकित्सकलाई आक्रमण गरेको आरोपमा पक्राउ परेका तीनै जनालई ज्यान मार्ने उद्योगमा मुद्दा चलाउने भएको हो । बाँकेस्थित भेरी अस्पतालका चिकित्सकमाथि आक्रमण गर्नेविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योग गरेको कसुरमा मुद्दा चलाएको छ । बिहीबार राति कोभिड–१९ संक्रमितको मृत्यु भएपछि आफन्तले कोभिड वार्डमा छिरेर डाक्टर र नर्सलाई आक्रमण गरेका थिए । आक्रमणमा संलग्न दाङको तुलसीपुर घर भएका मानबहादुर रावत, भरत रावत र लोकराज रावतलाई प्रहरीले पक्राउ गरेको छ ।


आरोपीहरु बिरुद्ध ‘ज्यान मार्ने उद्योग’ र ‘आपराधिक उपद्रव’ गरेको कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धान शुरु गरिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयका डीआईजी रवीन्द्र धानुकले रातोपाटीलाई बताए । उनले भने–‘आक्रमणको नेतृत्व मानबहादुर रावतले गरेको देखिन्छ, बाँके प्रहरीले त्यसबारे थप अनुसन्धान गरिरहेको छ ।’ प्रहरीले उनीहरुको पुरानो आपराधिक तथ्यांक पनि खोजिरहेको छ ।


मृतक ५२ वर्षका पुरुष हुन् । मृतकका भाइ मानबहादुर नेतृत्वको समूह आक्रमणमा उत्रिएपछि चिकित्सक र नर्सले एकतला माथिबाट हामफालेर ज्यान बचाएका थिए । आक्रमणमा संलग्नहरु दाङका तुलसीपुर उपमहानगरपालिका–११ उरहरीका हुन् । घटना छानविनका लागी स्थानिय प्रशासनले बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टको नेतृत्वमा छानविन समिती गठन गरेको छ । समितिमा ७ जना सदस्य छन् । समितीले ३ दिनभित्र घटनाको सत्यतथ्य पत्ता लगाएर प्रतिवेदन दिनेगरी काम शुरु गरिसकेको छ ।


बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल र लुम्बिनी प्रदेशका डीआईजी रवीन्द्र धानुकले सुरक्षाको ‘ग्यारेन्टी’ गरेपछि चिकित्सक र नर्सहरु काममा फर्किएका छन् । सुरक्षाका लागी प्रहरी निरीक्षकको कमाण्डमा अस्पतालमा २५ जनाको टिम परिचालन गरिएको डीआईजी धानुकले जानकारी दिए । ‘चिकित्सक र नर्सलाई सुरक्षाको प्रत्याभूति गराएका छौँ,’ डीआईजी धानुकले भने, ‘उहाँहरुमाथि हुने सवै थ्रेट व्यवस्थापन गछौं।’ आक्रमण गर्नेलाई कडा कारवाही गर्ने आश्वासनपछि स्वास्थ्यकर्मीले काम गर्न थालेका छन् ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button