समाचारसमाजहेडलार्इन

लकडाउनको बेला तरकारी बोकेको झोलाभित्र लागूऔषध

झापा

लकडाउनको बेला तरकारी बोकेको झोलामा लागुऔंषध भेटिएको छ । झापा गौरीगञ्ज गाउँपालिका–२ लालमाटीस्थितमा प्रहरी चौकी कोरोबारीबाट खटिएको प्रहरी टोलीले मंगलबार बेलुका साढे ५ बजे लागूऔषधसहित २ जनालाई पक्राउ गरेको हो ।


पक्राउ पर्नेमा सोही स्थानका २५ वर्षीय लोकेन्द्र खड्का र सोही स्थानका २४ वर्षीय कमल दाहाल रहेका छन् । उनीहरुले तरकारी बोकेको झोलाभित्र लागूऔषध ल्याबोरेट कोहीनफस्पेट (कोरेक्स) १२ बोतल, वीन स्पास्मो ४८ २८ ट्याब्लेट र नाइट्राभेट –३० ट्याब्लेट फेला पारेको हो । पक्राउ परेका उनीहरुलाई इलाका प्रहरी कार्यालय गौरीगञ्जमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button