समाचारस्वास्थ्यहेडलार्इन

कोरोना संक्रमणबाट पत्रकार दाहालको निधन,६ सय बढी पत्रकार संक्रमित

काठमाण्डौं
कोरोना संक्रमणका कारण नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सदस्य दिनेश दाहालको निधन भएको छ । गत वैशाख १ गते कोरोना संक्रमण पुष्टि भएपछि घरमै आइसोलेसनमा रहेका दाहाललाई श्वास फेर्न समस्या भएपछि वैशाख १० गते ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको थियो । १५ दिनदेखि उपचाररत दाहालको आज बिहान उपचारको क्रममा निधन भएको हो ।

विगत दुई दशकदेखि पत्रकारितामा सक्रिय दाहालले जनप्रहार साप्ताहिकमा लामो समयसम्म सम्पादकका रुपमा काम गरेका थिए । पत्रकार दाहाल पछिल्लो समय सिपोष्ट न्यूज डटकमका सम्पादकरप्रकाशकका रुपमा पत्रकारितामा सक्रिय थिए । कोरोनाकै कारण हालसम्म ८ जना पत्रकारको निधन भएको छ भने ६ सय ५० भन्दा बढी पत्रकार संक्रमित भएका छन् । पछिल्लो केही दिनयता कोरोना संक्रमणको दर बढिरहेको छ ।

यसैबीच, नेपाल पत्रकार महासघंले एक शोक बक्तव्य जारी गर्दै उनको निधनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ । साथै, शोकको यस घडीमा महासंघ शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना व्यक्त गरिएको छ । उनको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल र जुझारु युवा पत्रकार गुमाएको महासचिव रोसन पुरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button