समाचारस्वास्थ्यहेडलार्इन

धरानमा ६० जना सहित प्रदेश १ मा पाँच सय ७७ जना संक्रमित थपिए

विराटनगर,
सुनसरीको धरानमा ६० जना सहित १ नमबर प्रदेशमा आज ५ सय ७७ जना कोरोना संक्रमित थपिएका छन् । आज १ नम्बर प्रदेशमा १ हजार ३ सय २१ जनाको पीसीआर परीक्षण गरिएका मध्ये २ सय २५ महिला र ३ सय ५२ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


मोरङमा १ सय ९६, झापामा १ सय ७८, सुनसरीमा १ सय १ जना, धनकुटामा २२, इलाममा १७, संखुवासभामा ८, उदयपुर र भोजपुरमा ४–४ जना संक्रमित थपिएका छन् भने पाँचथरमा ३, खोटाङ, ताप्लेजुङ र ते¥हथुममा १–१ र प्रदेश १ बाहिरका ४१ जनामा कोरोना संक्रमित भेटिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


मोरङको विराटनगरमा ६६ महिला र ८८ पुरुष सहित १ सय ५४ जना संक्रमित पुष्टि भएको छ भने सुन्दरहरैचामा ११, कटहरीमा ७, पथरीशनिश्चरेमा ६, कानेपोखरीमा ४, उर्लाबारीमा ३, बेलबारी, धनपालथान र जहदामा २–२, रंगेली, लेटाङ, मिक्लाजुङ, ग्रामथान , स्थानीय तह नखुलेका १–१ जना छन् । यस्तै, झापाको विर्तामोडमा ४२, भद्रपुरमा ३४, दमकमा ३२, कनकाईमा १४, मेचीनगरमा ११, अर्जुनधारा र कमलगाउँपालिकामा ९–९, स्थानीय तह नखुलेका ६, गौरादहमा ५, शिवसताक्षी र झापा गाउँपालिकामा ४–४, बुद्धशान्ति र कचनकवलमा ३–३, हल्दिबारीमा २ जना छन् ।

यस्तै सुनसरीको धरानमा ६०, इनरुवामा १८, इटहरीमा ९, बराहक्षेत्रमा ३, बर्जु, दुहवी र स्थानीय तह नखुलेका २–२, भोक्राहानरसिंह, गढी, हरिनगर, रामधुनी र कोशी गाउँपालिकामा १–१ जना सक्रमित थपिएका छन् । धनकुटाको धनकुटा नगरपालिकामा १६, छथर र स्थानीय तह नखुलेका २–२, महालक्ष्मी र पाख्रिवासमा १–१, इलामको इलाम नगरपालिकामा ९, रोङमा ५, देउमाईमा २, स्थानीय तह नखुलेको १, संखुवासभाको चैनपुरमा ४, धर्मदेवीमा ३, चिचिलामा १, उदयपुरको त्रियुगा र रौतामाईमा १–१ र स्थानीय तह नखुलेका २, भोजपुरको भोजपुर र पौवादुङ्मामा २–२, पाँचथरको मिक्लाजुङ, कुम्मायक, याङवरकमा १–१ जना छन् ।

त्यस्तै खोटाङको जन्तेढुङ्गामा १, ताप्लेजुङको फुङलिङमा १, ते¥हथुमको म्याङलुङमा १ र प्रदेश १ बाहिरका ४१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३५ हजार १ सय २९ पुगेको छ । संक्रमित भएका मध्ये ३० हजार ९० संक्रमणमुक्त भएका छन् भने ४ हजार ५ सय ११ सक्रिय संक्रमितको संख्या रहेको सामजिक मन्त्रालयले जनाएको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button