समाचारसमाजस्थानीयहेडलार्इन

धरान नगरमा सक्रिय संक्रमित बढेपछि नगर प्रमुखको अपिल,निषेधाज्ञा पुर्णरुपमा पालना गरौं

धरान
धरान नगरमा संक्रिय संक्रमित बढेपछि धरान उपमहानगरपालिकाका मेयर तिलक राइले प्रशासनले लागुको गरेको निषेधाज्ञा पुरुपमा पालन गर्न नगरवासीलाई आह्वान गरेका छन् । धरान क्षेत्रमा सक्रिय संक्रमितको संख्या २ सय नाघेपछि नगरवासीलाई मेयर राईले यस्तो आह्वान गरेको हो ।
आज साँझ एक अपिल जारी गर्दै मेयर राईले छिमेकी मुलुक भारत र नेपालमै पनि कोभिड १९ को महामारीले अकल्पनीय क्षति भइरहेकोले संक्रमणविरुद्ध सचेत र सजग रहन आग्रह गरेका छन् । संक्रणका कारण १ जनाको निधनसमेत भइसकेको उल्लेख गर्दै मेयर राईले अपिलमा भनेका छन,‘कोरोनाबाट बच्नका लागि हालै जिल्ला प्रशासन कार्यालय सुनसरीले लागु गरेको १ साताको निषेधाज्ञा पुर्णरुपमा पालना गर्न र गराउन सम्पूर्ण नगरबासीलाई अनुरोध गर्दछु ।’

बालक र वृद्धहरुले घरमै बस्ने र अत्यावश्यक काम परे मात्रै घर बाहिर निस्किन आग्रह गर्दै मेयर राईले निस्कनै परे अनिवार्य नाक मुख छोपिने गरी मास्क लगाउन र स्यानिटाइजरको प्रयोग अनिवार्य गर्न आग्रह गरेका छन । यस्तै,साबुन पानीको प्रयोग गरी पटक पटक हात धुन तथा सामाजिक दुरी कायम गरी स्वास्थ्य मापदण्ड अपनाएर मात्रै अत्यावश्यक कामको लागि घर बाहिर निस्कन मेयर राईले अनुरोध गरेका छन् ।

निषेधाज्ञाको बेलामा कुनै पनि सार्वजानिक स्थान र स्थलहरुमा भिडभाड भएको देखेमा आफैले सो भिडभाड हुन नदिन र प्रहरी प्रशासनलाई जानकारी गराउन पनि नगरबासीहरुमा मेयर राईको अपिल छ । यस्तै, नगरबासीमा कोभिड सम्बन्धी कुनै लक्षण देखिए नजिकैको स्वास्थ्य संस्था वा धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखामा सम्पर्क गर्न मेयर राईले आग्रह गरेका छन ।


‘सम्पुर्ण नगरबासीहरु सबै स्वस्थ र सुरक्षित रहौं सबै मिलेर विश्वमा महामारीकोरुपमा फैलिएको यो कोभिडबाट धरान नगरीलाई जोगाउ र यसका निम्ति सबैले आ–आफ्नो ठाउँबाट महत्वपुर्ण भुमिका निर्वाह गरिदिनुहुन समेत अनुरोध गर्दछु,’ अपिलमा लेखिएको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button