समाचारस्थानीयस्वास्थ्य

धरानकी उपप्रमुख भण्डरीको एन्टि जेन रिपोर्ट पोजेटिभ

धरान,
धरान उपमहानगरपालिकाकी उपप्रमुख मञ्जु भण्डारी सुवेदीको एन्टि जेन परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको छ ।स्वकीय सचिव सुदेश चापागाईको एन्टि जेन रिपोर्ट पोजेटिभ आएपछि उपप्रमुख भण्डारीसहित परिवारको पनि परीक्षण गरिएको थियो ।


उपप्रमुख भण्डारीको एन्टि जेन रिपोर्ट पोजेटिभ आउदा परिवारको अन्य सदस्यहरुको रिपोर्ट भने नेगेटिभ आएको छ । उपप्रमुख भण्डारीले आफुलाई कुनै लक्षण नभएको बताइन् । साथै आफु होम आइसोलेसनमा रहेको र आइतबार पुनः पिसिआर परीक्षण गर्ने उनले बताइन् । उनले सामाजिक सञ्जालमार्फत केही दिनदेखि आफ्नो सम्पर्कमा रहेकाहरुलाई सर्तकता अपनाउन पनि आग्रह गरेकी छिन् ।


के हो एन्टि जेन ?


एन्टि जेन परीक्षण भनेको शरीरमा कोभिड १९ को भइरस भए नभएको सिधै पत्ता लगाउने परीक्षण विधि हो । यो निक्कै भरपर्दो मानिन्छ । धरान उपमहानगरका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार पिसिआर परीक्षणकै हाराहारीमा यो विधि भरपर्दो छ । स्वाब लिएर किटमा परीक्षण गर्दा आधा घण्टामा नै रिपोर्ट आइहाल्ने उनले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button