समाचारसूचना प्रबिधिहेडलार्इन

विपदका घटनामा परेर एक हप्तायता ७ जनाको मृत्यु

काठमाण्डौं,
नयाँ वर्ष २०७८ शुरुभएको १ हप्तामा विपदका घटनामा परेर ७ जनाले ज्यान गुमाएका छन् । वैशाख १ गते देखि ९ गते सम्म विपदका घटनामा परेर ७ जनाको मृत्यु भएको हो । नयाँ वर्ष २०७८ साल १ गतेदेखि ९ गतेसम्म भएका आगलागी, चट्याङ र जनावरको आक्रमणमा परेर ७ जनाको मृत्यु भएको छ । घटनामा परेर २५ जना घाइते भएका छन् ।


वैशाख ९ गते सम्म आगलागीका १ सय ३, चट्याङ २६, जनावरको आक्रमण ४, पहिरो ९ र हावा हुरीका १० वटा विपदका घटना भएका छन् । घटनामा ५ करोड, २७ लाख ५५ हजार ८ सय रुपैयाँ बराबरको क्षति भएको छ भने ९५ वटा चौपायाको मृत्यु भएको राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button