समाचारसमाजस्थानीयहेडलार्इन

धरानमा खानेपानीको चरम अभाव ? खानेपानी बोर्डले पत्रकार सम्मेलन गर्दै यसो भनेपछि (भिडियो सहित)

धरान

धरानमा खानेपानीको चरम अभाव देखिएको छ । धरानमा दिन बिराएर पानी वितरण गर्ने भनेपनि धरान खानेपानी व्यवस्थापन बोर्डले भनेजस्तरी पानी वितरण गर्न नसक्दा धरानवासीहरु आक्रोसित बनेका छन् । चौतर्फी आलोचना हुन थालेपछि आइतबार धरान खानेपानी बोर्डले पत्रकार सम्मेलन गर्दै खानेपानी अभाव हुनुको कारण र समस्या समाधान गर्न भइरहेको पहलबारे प्रष्टीकरण दिएको छ । बोर्डका अध्यक्षसमेत रहेका मेयर तिलक राई, बोर्डका कार्यकारी निर्देशक राजु पोख्रेल र परामर्शदाता बिडिएका निर्देशक अनिल नेपालले खानेपानी वितरणलाई सहज बनाउने प्रयास भइरहेको बताएका थिए । मेयर राईले संस्थान जिम्मा लिएपछि नगरबासीहरुलाई पानी खुवाउन प्रयत्न भइरहेको बताए ।


खानेपानीको माग गर्दै दीर्घकालिन खानेपानी संघर्ष समिति दिनहुँ आन्दोलनमा छ । एक सातादेखि धरान १६ स्थित खानेपानीको बिल काउन्टरमा तालाबन्दी गरेर संघर्ष समितिले धर्ना दिइरहेको छ । संघर्ष समितिलाई आम नगरबासीहरुले साथ दिइरहेका छन् । खानेपानी संस्थानको धरानस्थित शाखा कार्यालयको सम्पत्ति तथा दायित्व बोर्डमा मर्ज गरेपछि समस्या समाधान हुने धेरैले अपेक्षा गरेका थिए ।
इन्टरकनेक्सन हुन नपाउदा समस्या भएको भन्ने आयोजनाका अधिकारीहरुको विगतको अभिव्यक्तिले पनि बोर्डमा समायोजन भएपछि सहज आपूर्ति हुने अपेक्षा थियो । तर, बोर्डमा संस्थान गाभिएपछि झनै पानीको हाहाकार छ । संस्थानको बिग्रिएको २ वटा पम्प र मेनलाइन पाइप मर्मतको काम सम्पन्न भइसकेकोले अब केही दिनभित्रै एक दिन बिराएर पानी खुवाउन सक्ने यता खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष तथा धरान नगरका प्रमुख तिलक राईले दाबी गरेका छन् ।

मेयर राईका अनुसार खानेपानी सहज बनाउनकै लागि दिनरात काम भइरहेको बताए । उनले उत्पादन भएको पानी रिजर्भ ट्यांकीसम्म पुर्याउन विभिन्न स्थानमा नन रिटर्न भल्भ राख्ने, लिकेज मर्मत गर्ने, पम्पहरु मर्मत गर्ने तथा नयाँ खरिद प्रक्रिया अघि बढाउने कार्य शुरु भएको बताए । यस्तै, मुल सप्लाई पाइपबाट सोझै भल्भ खोलेर आफुखुशी लाने गरेको पाइएकोले त्यस्ता भल्भहरुलाई साँचो लगाएर छोप्ने काम गरेर रात्री निरीक्षण पनि शुरु गरिएको मेयर राईले बताए ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button