राजनीतिसमाचारहेडलार्इन

सरकारले संविधानलाई मिच्ने कोसिश जारी राख्दै गए नयाँ खालको विद्रोहमा जानुपर्ने हुन्छ ःप्रचण्ड

काठमाण्डौं,

सरकारले संविधानलाई मिच्ने कोशीश जारी राख्दै गए नयाँ खालको बिद्रोहमा जाने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पाकमल दाहाल (प्रचण्डले) बताएका छन् । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामतीद्वारा शनिबार आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । शुक्रबार बसेको तीन दलको बैठकले सरकारले राज्यका सबै अङ्गहरुलाई सन्त्रासमा राख्ने र कब्जा गर्ने कोशीस गरेको निष्कर्ष निकालेको अध्यक्ष प्रचण्डले बताए ।


अध्यक्ष दाहाल (प्रचण्डले प्रधानमन्त्री केपी ओली संविधान र ऐन कानूनलाई मिच्दै राज्य सत्ता कब्जा गर्ने अभियानमा रहेको आरोप समेत लगाए । यस्तै ‘कर्मचारीतन्त्रलाई आतङ्कमा बाँच्न बाध्य पारिएको र उनीहरुको वृत्ति विकास, स्वतन्त्रता र आत्मसम्मानलाई कुल्चिने कोशिस भएको पनि बताए । उनले भने, ‘हिजो मात्रै हामी संसद भित्र भएका तीनवटा प्रमुख दलहरूको बैठक बस्दै थियौं । सरकारको बारेमा कुरा गर्न तपाईहरुलाई थाहा छ । त्यहाँ सबैको एउटा कुरामा सहमति देखा प¥यो । अहिलेको सरकारले कर्मचारी तन्त्रलाई आतङ्कमा बाच्न बाध्य पार्न थालेको छ । राज्यका सबै अङ्गहरूलाई सन्त्रासमा राख्ने र कब्जा गर्ने कोसिस गरिएको छ, उनीहरुको वृति विकास उनीहरुको स्वतन्त्रता र आत्मसम्मानलाई कुल्चिने कोशीश भएको छ । राज्यका सबै अङ्गहरूमाथि जबरजस्ती कब्जा जमाउने सडयन्त्र शुरु भएको छ भन्नेकुरामा सबैको सहमति देखियो त्यहाँ । त्यो आफैमा एउटा ठूलो बिडम्बनाको स्थिति हो ।’


सरकारले कानून अनुसार हुनै नसक्ने र हुनै नहुने कामहरु गरिरहेको पनि प्रचण्डले दावी गरे । सरकार अवैधानिक, असंवैधानिक र अलोकतान्त्रिक काम गर्न तर्फ उन्मुख भइराखेकोले देशमा निकै ठूलो अन्यौल र सन्त्रास उब्जिएको पनि अध्यक्ष दाहालले बताए ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button