समाचारसमाज

आगलागी हुँदा ३ वर्षीय बालकको जलेर मृत्यु

उदयपुर,
उदयपुरको कटारी नगरपालिका १० का सुजन थापाको ३ वर्षीय छोरा अरबिन्द्र थापाको आगोले जलेर मृत्यु भएको हो । हिजो आईतबार बेलुका ६ बजे घर निजकै रहेको परालको कुन्युमा अचानक आगलागी भएको थियो । उक्त आगलागीबाट घरमा समेत आगो सल्कदा घर भित्र रहेका बालकको आगोले जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त आगलागीबाट थापाको २ तले कच्ची घरसहित घर भित्र रहेको खाद्यान्न, लत्ता कपडा, भाँडावर्तन, नगद १ लाख ५० हजार पनि जलेको छ । त्यस्तै, घर नजिकै रहेको मतान घर, बाख्राको गोठ र २ वटा बाख्राको पाठा समेत जलेर अन्दाजी ३० लाख बराबरको क्षति भएको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

सोही आगलागीबाट छिमेकी प्रकाश थापाको समेत घरमा आगलागी भएको थियो । उनको घर भित्र रहेको खाद्यान्न, लत्ता कपडा, भाँडावर्तन, नगद १ लाख ५० हजार, सुनचाँदी, घर नजिकै रहेको मतान घर, २ वटा बाख्राको पाठा र भैसीको पाडो समेत जलेर नष्ट हुँदा अन्दाजी २८ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

अर्का छिमेकी मेख बहादुर थापाको समेत घर पुर्ण रुपमा जलेर नष्ट हुँदा अन्दाजी २५ लाख बराबरको क्षति भएको उदयपुर प्रहरीले जनाएको छ । उक्त आगलागी नेपाल प्रहरी र स्थानीयवासीको सहयोग बेलुका सवा ९ बजे नियन्त्रणमा आएको र अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button