गीत संगीतसमाचारस्थानीय

नारान ज्यूसे यही चैत्र ८ गते बजारमा आउदै

धरान,
नारान ज्यूसेको छायाँङ्कन सकिएको छ । मदन वनेमको शब्द संकनल रहेको पालम नारान ज्युसे नयाँ गीतको भिडियो छायाँङ्कन सकिएको हो । यस गीतको भिडियो मेन्छ्याम दर्पण युटुब च्यालनबाट यही चैत्र ८ गते आईतबार सार्वजनिक हुने भिडियो निर्देशक विष्णु मोक्तानले जानकारी दिए । पालम नारान ज्यूसे गीतमा डि.बि. लिम्बु , ईन्दिरा नेम्बाङ्घ ,जीवन केदेम र विष्णु आङबुहाङ्घले स्वर दिएका छन् ।


विष्णु मोक्तानले निर्देशन गरेको यस गीतको भिडियो शिर कुमार साम्पाङले छायाँङ्कन गरेका छन् । म्युजिक भिडियो मात्र नभई लिम्बु संस्कार संकृति संग जोडिएको पालम गीत रहेको निर्देशक मोक्तानले कोशीपोष्ट डटकम संग कुरा गर्ने क्रममा बताए । उनले भने ‘अन्य म्युजिक भिडियोमा जस्तो यो भिडियोमा केटा र केटी मात्र जोडिएर नाच्दैन यस गीतले लिम्बु समुदायको संस्कार संस्कृति र सभ्यता बोकेको छ, अरु म्युजिक भिडियो र यस्ता भिडियोको निर्देशन अलिक फरक हुन्छ । समय पनि लाग्छ अरु भिडियो जस्तो सहज हुदैन भाषा र समुदाय संग जोडिएको म्युजिक भिडियो निर्देशन गर्न । ’


म्युजिक भिडियो हेरेर सुझाब सल्लाह दिन आग्रह गर्छन् केटाको मुख्य भूमिकामा देखिएका प्रदीप नेयोङ्ग । ‘मैले आफ्नै समुदायमा आधारित लिम्बु पालम नारान ज्यूसे म्युजिक भिडियोमा देखिने अवसर पाएको छु । मेरो यो पहिलो म्युजिक भिडियो हो तपाई दर्शक महानुभावहरुले भिडियो हेरेपछि सुझाब सल्लाह र कमी कम्जोरी कमेन्टमा राखी दिनु होला । ’ नेयोङ्गले भने । उनी जनमुक्ति पाटीका भातृ संगठन बिद्यार्थी मोर्चाका महासचिव हुन् ।


पहिलाको जस्तै नारान ज्यूसे भिडियो पनि राम्रो बनेको अडियोमा स्वर दिने कलाकार डि.बि. लिम्बु बताउँछन् । ‘हामीले यस भिडियो राम्रो बनाएका छैं दर्शक महानुभावले भिडियो हेरेर साथ सहयोग गर्नु हुन्छ भन्ने अपेक्षा लिएका छौं ’ लिम्बुले भने ।

भिडियोको छायाँङ्कन धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका भेडेटार नाम्जेमा गरिएको छ । म्युजिक भिडियोमा १ दर्जन बढी कलाकार देखिएका छन् । नारान ज्यूसेमा लिम्बु समुदायमा नाचिने धान नाँच सगै जिवनको भोगाई र माया प्रेममा समर्पण देखाएको छ । भिडियोमा सशक्त रुपमा लिम्बुको संस्कार संस्कृतिलाई प्रस्तुत गरिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button